जोहानेसवर्ग आगलागीमा ७५ जना भन्दा बढीको जलेर ज्यान गयाे
नेपालबहस संवाददाता
भदौ १६, २०८० शनिबार १४:५७:३९
१६ भदौ, जोहानेसवर्ग । दक्षिण अफ्रिकाको जोहानेसवर्गको मध्यभागमा अवस्थित पाँच तले एक भवनमा आगो लाग्दा ७५ जना भन्दा बढीको जलेर ज्यान गएको छ भने अन्य ८८ जना घाइते भएका छन् । शुक्रबार दुई जना घाइतेको उपचारका क्रममा अस्पतालमा मृत्यु भएसँगै ज्यान गुमाउनेको सङ्ख्या ७६ पुगेको हो ।
स्वास्थ्यमन्त्री जो पहालाका अनुसार ६२ जनाको शरीर पहिचान गर्न नसकिने गरी जलेकाले डिएनए परीक्षणका निम्ति सम्बद्ध निकायलाई निर्देशन दिइएको पत्रकारहरूलाई बताए ।
स्थानीय सञ्चारमाध्यमका अनुसार २० जना विदेशी नागरिकको पनि मृत्यु भएको छ । कामको खोजीमा दक्षिण अफ्रिका आएका मलावी र ताञ्जानियाका आप्रवासीको मृत्यु भएको जनाइएको छ । प्रिटोरियास्थित ताञ्जानियाको उच्चायुक्तको कार्यालयले आफ्नो देशका पाँच जनाको जलेर ज्यान गएको पुष्टि गरेको छ ।
केही वर्षअघिसम्म शहरको प्रमुख आर्थिक एवं व्यापारिक केन्द्रमा रहेको उक्त भवनमा घरवारविहीन स्थानीय जबर्जस्ती बसेका बताइएको छ । सरकारी स्वामित्वको उक्त भवनमा समस्या भएको सन् २०१९ देखि आफूहरूलाई जानकारी रहेको सरकारी अधिकारीहरूले स्वीकार गरेका छन् । घरवारविहीन व्यक्ति कुनै औपचारिक भाडा सम्झौता बिना नै उक्त भवनमा बसेका थिए ।
दक्षिण अफ्रिकाको संसदले घटनाको अनुसन्धान गर्न निर्देशन दिएको छ । प्रहरीले पनि आपराधिक मुद्दा दर्ताको तयारी गरेको छ । यद्यपि कुन निकायलाई विपक्षी बनाइयो भन्ने बारेमा स्पष्ट भएको छैन ।
बिहीबार घटनास्थलको भ्रमण गरेका दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले उक्त दुर्घटना आंशिक रूपमा भवन कब्जा गर्ने र घरबारविहीनलाई त्यहाँ बस्न अनुमति दिने आपराधिक तत्वका कारण भएको बताए। उनले महानगरको आवास समस्यालाई सम्बोधन गर्नुपर्नेमा जोड दिँदै राष्ट्रिय एवं स्थानीय सरकारलाई संवदेनशील हुन आग्रह गरे ।
जोहानेसबर्गको आवास सङ्कट समाधान गर्न सरकार गम्भीर नभएको आरोप लगाउँदै जोहानेसबर्गका पूर्वप्रमुख हर्मन मशाबाले राष्ट्रपति रामाफोसाको आलोचना गरे । राष्ट्रपतिले यो घटनालाई दुःखदायी भनेरमात्र नपुग्ने भन्दै २५ वर्षदेखि शहरले भोगेको समस्यालाई रातारात सृजना भएझै प्रस्तुत हुनु आपत्तिजनक भएको उनले बताए ।
दक्षिणअफ्रिकामा घरवारबिहीनहरू विविध कारणले बिग्रेभत्केका तथा राज्यले परित्याग गरेका भवनमा बलपूर्वक बस्ने गरेका छन् । त्यस्ता घर ‘ कब्जा गरिएका भवन’का रुपमा चिनिन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
धौलागिरि हिमालको मनोरम दृष्य
मंसिर २७, २०८१ बिहिबार
कमलादीमा भासिएको सडक आजदेखि सुचारु
मंसिर २७, २०८१ बिहिबार
सहकारी ठगी प्रकरणः म्याद थप गर्न रवि लामिछानेलाई अदालत पुर्याइयो
मंसिर २७, २०८१ बिहिबार
धरानमा शनिबारदेखि तीन दिनसम्म योमरी महोत्सव हुँदै
मंसिर २७, २०८१ बिहिबार
जापानको सहयोगमा हुम्लामा बालगृह निर्माण
मंसिर २७, २०८१ बिहिबार
पोखरालाई विराटनगर किंग्सले दियो १४० रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार