‘टाइगर ३’ को फस्ट लुक पोस्टर सार्वजनिक, सलमान-कट्रिना ड्यासिङ अवतारमा
नेपालबहस संवाददाता
भदौ १६, २०८० शनिबार १५:४३:५३
१६ भदौं । सलमान खान र कट्रिना कैफको बहुप्रतिक्षित फिल्म ‘टाइगर ३’ को फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् ।
फ्यानहरूलाई ठूलो ट्रीट दिँदै निर्माण पक्षले शनिबार फिल्म ‘टाइगर ३’ को पहिलो पोस्टर सार्वजनिक गरेको छ । योसँगै फिल्मको रिलिज मिति पनि पक्का भएको छ ।
सलमान खानले आफ्नो सामाजिक सञ्जाल ह्यान्डलमा टाइगर–३ को फर्स्ट लुक पोस्टर रिलिज गरेका छन् र फिल्मको रिलिज मिति पनि घोषणा गरेका छन्।सलमान खानले ट्वीट गरेका छन्, ‘आ रहा हु, टाइगर ३’ २०२३ को दिवालीमा। वाईआरएफ ५० सँग टाइगर– ३, नजिकैको ठूलो पर्दामा मात्र मनाउनुहोस्। हिन्दी, तमिल र तेलुगुमा रिलिज हुँदैछ।’
पोस्टरमा सलमान र कट्रिना दुवैलाई बन्दुक बोकेको ड्यासिङ अवतारमा देख्न सकिन्छ । यो पोस्टर हेर्दा ‘टाइगर’ को पहिलो दुई किस्ताभन्दा ‘टाइगर ३’ ठूलो र भव्य फ्रेन्चाइज हुने पक्का छ ।
फ्रेन्चाइजीको पहिलो फिल्म ‘एक था टाइगर’ ले २०१२ मा बक्स अफिसमा हलचल मचाएको थियो । टाइगर फिल्ममा सलमानले रअ एजेन्ट र कट्रिनाले आईएसआई एजेन्ट जोयाको भूमिका निर्वाह गरेकी थिइन् ।
सलमान र कट्रिनाको केमेस्ट्रीले सिल्वर स्क्रिनमा आगो लगाएको थियो। यसपछि सलमान र कट्रिनाले सन् २०१७ मा ‘टाइगर जिन्दा है’ नामको फिल्मको सिक्वेलबाट कमब्याक गरेका थिए । यो फिल्मले बक्स अफिसका सबै रेकर्ड तोडेको थियो ।
स्मरण रहोस, टाइगर–३ लोकप्रिय वाईआरएफ स्पाई युनिभर्स को पाँचौं फिल्म हो । र, छ वर्षपछि सलमान र कट्रिना टाइगर र जोयाको रूपमा कमब्याक गर्दैछन्। अब आगामी फिल्मले विगतका फिल्मको कीर्तिमान तोड्छ कि गर्दैन त्यो हेर्नु चासोको विषय हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार
ऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार