एसिया कपमा आज बंगलादेश र अफगानस्तानबीच प्रतिस्पर्धा हुँदै
नेपालबहस संवाददाता
भदौ १७, २०८० आइतबार ९:६:५६
१७ भदौ, काठमाडौं । १६ औँ संस्करणको एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज बंगलादेश र अफगानस्तान खेल्दै छन् । यी दुई टोलीबीचको खेल दिउँसो ३ः१५ देखि पाकिस्तानको गद्दाफी स्टेडिया सुरु हुनेछ ।
समूह ‘बी’ मा रहेका यी दुबै टिमको प्रतिस्पर्धा टक्करको हुने देखिन्छ । यता हिजो भएको एसिया कपको समूह चरणको खेलमा पाकिस्तान र भारतले एकएक अंक बाँड्दै पाकिस्तान सुपर चारमा पुगेको छ । शनिबार भएको खेल वर्षाले विथोलेपछि दुबैले अंक बाँड्नु परेको हो । अब भारतले नेपालसँग खेल्नेछ ।भारत यदि एसिया कपमा नेपालसँग हारे समूह चरणबाटै बाहिरिने छ ।
समूह ए को अन्तिम खेलमा नेपाल र भारतबीच सोमबार श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा प्रतिस्पर्धा हुनेछ । पाकिस्तान २ खेलमा १ मा जित र १ मा अंक बाँड्दै ३ अंकका साथ सुपर फोरमा पुगेको छ । भारत १ खेलमा १ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल १ खेलमा अंक विहीन हुँदै पुछारमा छ । अन्तिम खेलमा नेपाल विजयी हुँदा २ अंक हुन्छ । नेपालसँग पराजित हुँदा भारत १ अंकका साथ पुछारमा रहँदै बाहिरिने छ । तर,नेपालले भारतसँग जित हात पार्न निकै उम्दा प्रदर्शन गर्नु बाहेक कुनै विकल्प छैन ।
भोली वर्षाको कारण खेल रद्द हुने परिस्थिति बने भारत २ अंकका साथ सोझै सुपर फोरमा पुग्नेछ । त्यसैले नेपालले जित निकाल्न सके पहिलो सहभागितामै सुपर फोरमा स्थान बनाउने देखिन्छ । विश्व क्रिकेटमा प्रभावशाली अस्तित्व बनाएका भारत र पाकिस्तान बीचको खेल निकै टक्करको हुँदा हुँदै पनि वर्षा उक्त खेलको बाधक बन्न पुग्यो ।
पाकिस्तानका तीन तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी, हरिस रौफ र नसिम शाहको सानदार बलिङमा भारत २ सय ६६ रनमै अल आउट भएको थियो । सुरुबाट बर्षाले बिथोल्दै आएको पाकिस्तान र भारतबीचको खेल वर्षाको कारण रद्द भयो ।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो । समूह बी मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । समूह बी को पहिलो खेलमा श्रीलंकाले बंगलादेशलाई हराएको थियो । हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा स्थान बनाउनेछन् ।
सुपर फोरमा चार टोलीले एक अर्काबीच खेल्नेछन् । सुपर फोरबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । नेपालले पहिलो पटक एसिया कप खेलेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
रवि लामिछाने सांसदबाट निलम्बित
नेपालबहस संवाददाता
पुष ८, २०८१ सोमबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
विभिन्न देशसँग संसदीय मैत्री समूह गठन, कांग्रेसले पायो अमेरिकासहित १४ देशको नेतृत्व
पुष ११, २०८१ बिहिबार
क्रिसमसमा सौतेनी भाइको सन्तानकी आमा बनिन् चर्चित अभिनेत्री
पुष ११, २०८१ बिहिबार
ताइवानका राष्ट्रपतिको उम्मेदवार माथि भ्रष्टाचारको अभियोग
पुष ११, २०८१ बिहिबार
भारतीय चर्चित गायक सोनु निगमले गरे पशुपतिनाथको दर्शन [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
साइपाल हिमालको आधार शिविर क्षेत्र
पुष ११, २०८१ बिहिबार