स्थानीय सरकारलाई प्रभावकारी बनाउन खरिद ऐन संशोधनको आवश्यकता
नेपालबहस संवाददाता
भदौ १७, २०८० आइतबार ११:२७:४४
१७ भदाै, काठमाडाैं । स्थानीय सरकारलाई प्रभावकारी बनाउन सार्वजनिक खरिद ऐन तत्काल संशोधन गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । सार्वजनिक खरिद ऐन २०६३ का कतिपय असान्दर्भिक र अव्यावहारिक व्यवस्थाले प्रभावकारी कार्यसम्पादनमा बाधा भइरहेको उनीहरूको गुनासो छ ।
स्थानीय मामिलाका विज्ञ तथा गाउँपालिका राष्ट्रिय महासंघका सल्लाहकार लेखनाथ पोखरेलले तत्कालिन अवस्थामा लागू गरिएको ऐन अहिले धेरै असान्दर्भिक भइसकेकोले तत्काल संशोधनको खाँचो रहेको तर्क गरेका छन् ।
“कतिपय व्यवस्थाहरु अहिले अनावश्यक र अव्यवहारिक रहेको र त्यसलाई पनि प्रक्रिया पुरा गर्ने नाममा अपनाउनै पर्ने भएकाले अनावश्यक झमेला भइरहेको छ,” नेपाली रेडियो नेटवर्कको पालिका बहसमा उनले भने ।
ऐनमा उल्लेख भएका कतिपय प्रक्रियाको विकल्पमा अहिले अन्य प्रभावकारी र सजिला उपायहरू हुँदा हुँदै पनि पुरानै प्रक्रिया लागु गर्नुपर्दा समस्या भएको उनको भनाई छ ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको निवर्तमान अध्यक्ष समेत रहेका पोखरेलले खरिद ऐनको अव्यवहारिकताकै कारणले धेरै स्थानीय सरकारको अनावश्यक वेरुजु देखिएको दावी गरे।
खरिद ऐनको अव्यवहारिकताका बाबदुत पनि संघ र प्रदेश सरकारको भन्दा स्थानीय सरकारको बेरुजु धेरै काम रहेको उनले जानकारी दिए ।
उनले संघीयताको मर्म विपरित स्थानीय तहका काम पनि संघ र प्रदेश सरकारले गर्न खोजेकाले संघीयताको गलत अभ्यास र बदनामी भइरहेको भन्दै चिन्ता व्यक्त गरे । सांसदहरुलाई छुट्टै बजेट दिने व्यवस्था पनि गलत भएको दावी गर्दै उनले संघ र प्रदेशले ठूला परियोजनाको काम मात्रै गर्नुपर्नेमा जोड दिए ।
स्थानीय सरकारका पक्षधर समेत मानिनु हुने पोखरेलले जनताको सेवा र विकास स्थानीय सरकारले नै गर्ने हो भन्ने बुझाई स्थापित नहुँदा सम्म स्थानीय सरकार सशक्त र प्रभावकारी हुन नसक्ने तर्क गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार