खोकनामा ऐतिहासिक १२ वर्षे रुद्रायणी मेला सुरु
नेपालबहस संवाददाता
भदौ १७, २०८० आइतबार १२:६:३१
१६ भदौ, ललितपुर । ललितपुरको खोकनामा लिच्छविकालीन इतिहास बोकेको १२ वर्षे रुद्रायणी देवी मेला सुरु भएको छ । शुक्रबार देवीको पूजा गरेपछि शनिबार रुद्रायणी देवीलाई मन्दिरभित्र गुप्तबास राखिएको हाे ।
मेला सुरु हुने दिनमा राष्ट्रको सम्माननीय व्यक्तिलाई भेट्ने वा निमन्त्रणा गर्ने प्रचलन भएका कारण शनिबार बिहान रुद्रायणी गुठी संस्थाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर मेलाबारे जानकारी गराएको हाे ।
रुद्रायणी देवी मेलाको अवसरमा फूलप्रसादसहित प्रधानमन्त्रीलाई गुठी संस्थानले भेटेपछि प्रधानमन्त्री प्रचण्डले १२ वर्षे मेलाको शुभकामनासहित ऐतिहासिक मेलाको संरक्षण गर्नु राज्यको जिम्मेवारी रहेको बताएका छन् ।
मेला सुरु भएको दिनदेखि एक महिनासम्मका लागि देवतालाई मन्दिरभित्र (गुप्तबास) राखिएको र एक महिनासम्म मन्दिरको ढोकासमेत नखोल्ने ललितपुर महानगरपालिका वडा नं २१ का वडाध्यक्ष रवीन्द्र महर्जनले जानकारी दिए । उनले भने, “यो एउटा ऐतिहासिक मेला भएका कारण खोकनावासीले देवताको निम्ति एक वर्षमा केही त्याग गर्नुपर्ने हुन्छ ।”
मेला सुरु भएदेखि एक महिनासम्म खोकनावासीले छालाजन्य वस्तु प्रयोग नगर्ने, घरदेखि बाहिर गएर बास नबस्ने, पाहुनाले पनि छालाजन्य वस्तु घरमा नल्याउने र पाहुनाले घरमा बास बस्न नमिल्ने, एक महिनासम्म कुनै पनि पूजाआजा नगर्ने र एक वर्षसम्म खोकनावासीले बिहेसमेत गर्न नपाइने चलन रहिआएको छ ।
मेला सुरु भएको एक महिनासम्म खोकनावासीले कुनै पनि पूजाआजा नगरे पनि एक महिनापछि रुद्रायणी देवीलाई मन्दिरबाट बाहिर निकालेपछि एक वर्षसम्म पूजाआजा गर्नुपर्ने हुन्छ । एक वर्षसम्म पूजा गरेपछि १२ वर्षे मेला सकिन्छ र फेरि अर्को १२ वर्षपछि सुरु हुने गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार
नेपाललाई हिन्दू अधिराज्य बनाउने विषयमा दिल्लीमा बहस
पुष १६, २०८१ मंगलबार
मौन स्नान गरी मनाइयो सोमबारे औँशी
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार