बर्दिया कारागारबाट कैदी फरार
नेपालबहस संवाददाता
भदौ १७, २०८० आइतबार १२:४१:३८
१७ भदौ, बर्दिया । बर्दिया कारागारमा कैद सजाय काटिरहेका एक कैदी आज बिहान कारागारबाट फरार भएका छन् । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बर्दियाबाट सजाए पाएर विगत एक बर्ष देखि कैद भुक्तान गरिरहेका ठाकुरबाबा नगरपालिका –८ का २७ बर्षीय अजित बुढा क्षेत्री बर्दिया कारागारबाट भागेका हुन् ।
उनी आइतबार बिहान करिब ३ बजे कारागारको ट्रस्ट माथि रहेको पर्खालबाट हाम फालेर फरार भएको बर्दिया कारागारका प्रमुख सन्तोष वि.क.ले बताए । उनका अनुसार बुढा क्षेत्रीले गत एक वर्षदेखि बर्दिया कारागारमा कैद भुक्तान गरिरहेका थिए ।
अनुसन्धानको क्रममा बुढा क्षेत्री कट्टु मात्र लगाएको अवस्थामा भागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुधिरराज शाहीले बुढा क्षेत्री फरार भएको थाहा पाउन साथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरेर खोजी कार्य भैरहेको जानकारी दिए ।
उनले भने, ‘भारतीय नाका सिल गरी भारतीय प्रहरी र भारतीय सिमा सुरक्षा बल सँग समन्वय गरी हुलिया समेत पठाइएको छ । बर्दिया जिल्लाका छिमेकी जिल्लाहरूमा समेत हुलिया पठाएर खोजीकार्य गरिरहेका छौं ।’
२०७१ सालमा ठाकुरबाबा नगरपालिका ८ कै जोरासिंह थापाको हत्याको अभियोगमा बुढा क्षेत्री पक्राउ परेका थिए । अदालतमा बयान दिन जाँने क्रममै फरार भएका उनलाई प्रहरीले गत बर्ष मात्र पक्राउ गरेको थियो । क्षेत्रीलाई अदालतले कर्तव्य ज्यान मुद्दा र फरार अभियोगमा ३० बर्षको कैद सजायको फैसला सुनाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार