कुमारी र सिद्धार्थ बैंकको पौने ७ लाख बढी कित्ता शेयर बिक्रीमा
नेपालबहस संवाददाता
भदौ १७, २०८० आइतबार १२:४८:४६
१७ भदौ, काठमाडौं । दुई वाणिज्य बैंकको पौने ७ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। कुमारी बैंक र सिद्धार्थ बैंकको संस्थापक समूहको ६ लाख ७९ हजार ७९५ कित्ता शेयर बिक्रीमा राखिएको हो।
जसमा कुमारी बैंकको ३ लाख ७९ हजार ७९५ कित्ता र सिद्धार्थ बैंकको ३ लाख कित्ता संस्थापक शेयर छन्। हाललाई यी दुवै बैंकको शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।
दुवै बैंकका संस्थापक सेयरधनीहरुलाई शेयर खरिदका लागि ३५ दिनको समयावधि दिइएको छ। कुमारी बैंकको सेयर खरिदका लागि काठमाण्डौको नक्सालस्थित कुमारी क्यापिटल र टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा खरिद आवेदन दिन सकिनेछ।
सिद्धार्थ बैंकको शेयर खरिदका लागि भने काठमाण्डौको हात्तीसारस्थित केन्द्रीय कार्यालयमा आवेदन दिन सकिनेछ। तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने दुवै बैंकले जनाएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिक लगानी कोषको १३ प्रतिशत लाभांश दिने
पुष २९, २०८१ सोमबार
माघ महिनाका लागि १७ वटा बैंकको मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार