गाउँपालिकालाई फूलमा आत्मनिर्भर बनाउन पुष्पखेती
नेपालबहस संवाददाता
भदौ १७, २०८० आइतबार १३:५७:४७
१७ भदौ, तनहुँ । म्याग्दे र आँबुखैरेनी गाउँपालिकाले व्यावसायिक रुपमा सयपत्री फूल खेती सुरु गरेका छन् । विदेशबाट आयत हुने पुष्पलाई प्रतिस्थापन गरी गाउँपालिकालाई फूलमा आत्मनिर्भर बनाउन पुष्प खेतीलाई प्रबर्द्धन गरिएको हो । आँबुखैरेनी–१ प्रसिद्ध धार्मिकस्थल आँधीमूल क्षेत्रमा बीस हजार बढी सयपत्री फूलका बिरुवा रोपिएका छन् ।
‘अध्यक्षसँग कृषि विकास कार्यक्रम’ अन्तर्गत स्थानीय आमा समूहमार्फत फूलका बिरुवा रोपिएको हो । आमा समूहलाई उत्पादन मूलक समूहमा परिणत गर्ने अभियान अन्तर्गत व्यावसायिक फूल खेती सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।
विदेशबाट आएको पुष्प आयातलाई प्रतिस्थापन गरी गाउँपालिकामाथि पुष्पमा आत्मिनभर बनाउन यस किसिमको कदम चालेको उनले बताए । त्यसैगरी म्याग्देमा ७५ प्रतिशत अनुदान सहयोगमा म्याग्दे–५ मालेबगरका सुमन पौडेलले चार हजार सयपत्री फूलका बिरुवा लगाएका छन्। पुष्पखेती विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाले सयपत्री फूल खेती गर्ने किसानलाई अनुदान दिएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए ।
फूलमा देश आत्मनिर्भर हुन नसक्दा बर्सेनि छिमेकी देशसँग निर्भर भइरहेको अवस्थामा त्यसलाई अन्त्य गर्न केही वर्ष यता यहाँका किसान पुष्प खेती तर्फ आकर्षित हुँदै आएका छन् । सानो लगानीमा राम्रो आम्दानी गर्न मिल्ने भएपछि यहाँका किसान पुष्प खेती तर्फ आकर्षित भएको पाइन्छ । जिल्लाको शुक्लागण्डकी, भीमाद, म्याग्दे, आँबुखैरेनी, बन्दीपुर गाउँपालिका लगायतका विभिन्न स्थानमा पुष्पखेती गरिँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार