पार्टीले गर्नेभन्दा फरक ढंगले दुई महिनाभित्र १६५ वटै क्षेत्रमा पुगेर रिपोर्ट तयार गछौं : रुपान्तरण अभियान
नेपालबहस संवाददाता
भदौ १७, २०८० आइतबार १४:१३:२७
१७ भदौ, काठमाडौ । नेपाली कांग्रेसको तेस्रो पुस्ताका नेताहरूले चलाएको रुपान्तरण अभियानले १६५ वटै निर्वाचन क्षेत्रमा पुगेर पार्टीले सुधार गर्नुपर्ने विषयहरू तयार गर्ने भएको छ । अभियानका नेताहरूले पार्टीले गर्ने कार्यक्रमहरू भन्दा आफूहरूको अभियान फरक भएको बताएका छन् । पार्टी निर्देशित नभएकाले पार्टीले गर्नुपर्ने सुधारका विषयहरू प्रतिवेदनका रुपमा तयार गर्ने उनीहरूको भनाइ छ ।
नेपाल बहससँग कुरा गर्दै अभियानका नेता गुरु घिमिरेले रुपान्तरण अभियान पार्टीले गरिरहेका र गर्ने कार्यक्रमभन्दा फरक रहेको बताए । उनले पार्टीले गर्ने कार्यक्रममा कांग्रेसका र सरकारका विषयहरू पनि समावेश हुने तर, अभियानले पार्टीको सुधारका लागि के के कुराहरू गर्नुपर्छ भनेर तलो तहबाटै सुझाव लिने बताए । पार्टीले गरेका कार्यक्रमसँग रुपान्तरण अभियानलाई जोड्न नमिल्ने उनको भनाइ छ ।
उनले भने, ‘नेपाली कांग्रेसभित्र धेरै कुरामा विचलन आएको छ । नेतृत्व तहमै सुधार गर्नुपर्ने छ । महाधिवेशन भएको यतिका समय सम्म विभाग बनेका छैनन् । पार्टीलाई विधान सम्बत रुपमा चलाउने कुरा पनि भएको छैन । भातृसंगठनहरुको अवस्था नाजुक छ । महाधिवेशन गराउन नेतृत्वले सकेको छैन । महाधिवेशन नभएसम्म भातृसंस्थाहरु चल्न सक्दैनन् । यिनै कुराहरूलाई सुधार गर्न पनि नेतृत्व तयार देखिएको छैन । अरू पार्टीका थुप्रै पक्षमा सुधार गर्नुपर्ने छ ।’
शनिबार बसेको अभियानमा संलग्न नेताहरूको बैठकले १६५ वटै क्षेत्रमा रुपान्तरण अभियान संचालन गर्ने निर्णय गरेको हो । कांग्रेसमा सभापति शेरबहादुर देउवासहित १४ औँ महाधिवेशनबाट निर्वाचित भएको नेतृत्वले विधान अनुसारका काम र राष्ट्रको नेतृत्व गरेर जनतामा आशा जगाउन नसकेको घिमिरेले बताए ।
अभियानले यसअघि सातवटै प्रदेशमा पुगेर अभियान संचालन गर्ने र पार्टी सुधारका लागि ग्राउन्डको सन्देश संकलन गर्ने काम गरेको थियो । रुपान्तरण अभियानकै दवाबमा कांग्रेसले यसअघि १० दिने आन्तरिक विशेष अभियान संचालन गरेको थियो । साउन पहिलो साता बसेको कांग्रेस बैठकले १० भदौदेखि पुनः अर्को अभियान संचालन गर्ने निर्णय गरेको थियो । तर केही दिन अघि मात्रै सभापति देउवाले बैठक राखेर सो अभियान स्थगित गर्ने निर्णय गराएका थिए ।
पार्टीले अभियान स्थगित गरे लगत्तै रुपान्तरण अभियानका नेताहरूले देश व्यापी अभियान संचालन गर्ने निर्णय गरेको छ । नेता घिमिरेले पार्टीमा देखिएका बेथिति र विसंगति तथा पछिल्लो समय सरकारले गरिरहेका अन्याय पूर्ण कार्य विरुद्ध भण्डाफोर गर्दै देश व्यापी अभियान संचालन हुने बताए । ’सरकारले भ्रष्टाचारको फाइल खोलिरहेको छ । तर दोषी सबै समातिएका छैनन् । सरकारले चाहेका मान्छेलाई जोगाउने र अरूलाई फसाउने गरी काम भइरहेको छ,’ उनले भने ।
उनले अभियानमार्फत देश भरि पुगेर भ्रष्टाचारका सबै फाइल खोल्न जनदबाब सिर्जना गर्ने बताए । त्यस्तै, पार्टीलाई विधिसम्मत् चलाउन र संगठनलाई मजबुत बनाउन नेतृत्वलाई दबाब बनाउने अभियानको रणनीति छ । यसपटक भदौ २४ गते वीपी जयन्तीका दिन काभ्रे क्षेत्र नं. २ बाट अभियानको प्रारम्भ गरिने नेता केसीले बताए । दुई महिनासम्म देश दौडाहापछि अभियान कार्तिक २४ गते समापन हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार