नारायणगढ-मुग्लिन सडकका दुई पुल दशैँअघि सञ्चालन गरिने तयारी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ १७, २०८० आइतबार १४:१६:३०
![](https://nepalbahas.prixacdn.net/media/albums/muglin_sadak_Mm1uB0ekDq_V3vy1KGWJL.jpg)
१७ भदौ, चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा निर्माणाधीन दुई पुल दशैँ अघि सञ्चालन गरिने तयारी गरिएको छ । सो सडकखण्डका १९ वटा पुलमध्ये १५ वटा पुल निर्माणका क्रममा छन् । तीमध्ये एउटा पुल सञ्चालनमा आइसकेको छ भने थप दुई वटा पुल दशैँअघि सञ्चालन गर्नेगरी काम अघि बढेको छ ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड 'नारायणगढ-मुग्लिन'का आयोजना प्रमुख किरण कार्कीका अनुसार लामो बालुवा र डुम्रे पुल दशैँअघि सञ्चालनमा आउने गरी काम अघि बढाइएको छ । पछिल्लो समय निर्माणाधीन १५ पुलमध्ये सेतीदोभान असार महिनाबाट सञ्चालनमा आएको छ ।
उनका अनुसार सञ्चालनमा आउने तयारीमा रहेका दुवै पुलको माथिल्लो तहको कालोपत्र गर्न बाँकी छ । उनले भने, “वर्षात्का कारण केही ढिलो भयो, दशैँ अघि काम सम्पन्न हुन्छ ।” आयोजनाले असार मसान्तमै ती पुल सञ्चालनमा ल्याउने तयारी गरेको थियो । वर्षातसँगै कालोपत्र र बाँकी काम गर्न नभ्याइएकाले केही ढिलो भएको हो ।
कार्कीले बाँकी १२ मध्ये १० वटा पुल पुस महिनासम्म सम्पन्न हुने अनुमान गरिएको बताए। उनका अनुसार पुल निर्माणका लागि भित्तो बिस्फोट गर्नुपर्ने भएकाले तुइन खोलाको पुलको काम सुरु गरिएको छैन । पुल नजिकै बसेकालाई मुआब्जा वितरणसँगै खहरे खोलाको पुलको काम थालिएको छ । जगको काम सकिएको कार्कीले जानकारी दिए । उनले यी दुई पुल चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
दशैँपछि बिस्फोटको काम हुने उनले जानकारी दिए। उनले भने, “जलविद्युत कम्पनीमा समेत बिस्फोटका सामग्री आउन थालेकाले दशैँपछि यो पुल निर्माणस्थलको भित्तो बिस्फोट गर्न सकिएला ।” यससँगै कामलाई तीव्रता दिएर यसै वर्षभित्र पुलको निर्माण सम्पन्न योजना रहेको उनको भनाइ छ ।
पुल निर्माणका क्रममा २४ घरको मुआब्जा दिनुपर्ने भएकाले काम रोकिएको थियो । ती घर हटाउन रु ९७ लाख आवश्यक पर्नेमा रु ७० लाख निकासा गरी १६ परिवारलाई मुआब्जा दिएर हटाइएको छ । बाँकी छ परिवारलाई पनि मुआब्जा दिने प्रक्रिया जारी छ । एक जनाले मुआब्जामा चित्त नबुझेर रकम बुझेका छैनन् ।
कार्कीका अनुसार पुल निर्माणका लागि अनक कन्स्ट्रक्सनलाई थप गरेको एक वर्षको समय यही बि।सं। २०८० सालको पुस मसान्तसम्ममा सकिँदै छ । विसं २०७६ को चैतमा रु एक अर्ब २७ करोडको लागतमा पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । तीन वर्षका लागि दुई प्याकेज बनाएर ठेक्का लगाइएकामा दुवै प्याकेज उक्त कम्पनीले पाएको थियो ।
नक्साङ्कनसहित पुल निर्माणका लागि ठेक्का लगाइएको हो । निर्धारित समयमा काम नसकिएपछि एक वर्ष समय थप गरिएको थियो । विश्व बैंकको सहयोगमा पुल निर्माण गरिएको हो । पुलको गाडी गुड्ने ठाउँ सात दशमलव पाँच मिटर फराकिलो छ । दायाँबायाँ फुटपाथसहित गरेर नौदेखि ११ मिटर पुल फराकिलो छ । केही पुल भौगोलिक कारणले नौ मिटरमात्र फराकिलो बनाइएको छ भने धेरै पुल ११ मिटरका छन् । सो सडकको चौडाई समेत नौदेखि ११ मिटर फराकिलो छ ।
यो सडक हुँदै दैनिक १० हजार हाराहारी सवारी आवागमन हुने गर्छन् । तराईबाट राजधानी प्रवेश र बाहिरिने मुख्य सडकमा यो पर्दछ । केही वर्षअघि सडक विस्तार गरिएपछि सडक फराकिलो बनाइएको छ । तत्कालिन समयमा काटिएको भित्तोका कारण कतिपय ठाउँमा पहिरो खसेर दुःख दिने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकहिले बनिसक्छ बबरमहलमा भासिएको सडक ?
फागुन ३, २०८१ शनिबार
दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि बजेटको स्रोत सुनिश्चित
फागुन ३, २०८१ शनिबार
काठमाडौं उपत्यकामा अत्यधिक बढ्यो प्रदूषण, ५४ प्रतिशत बढी सवारीसाधन मापदण्डविपरीत
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
शपथ खाएर झुटो बोलेको भन्दै सिंगापुरका सांसदलाइ १४ हजार डलर जरिवाना
फागुन ६, २०८१ मंगलबार
मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा
फागुन ६, २०८१ मंगलबार
क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो
फागुन ६, २०८१ मंगलबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार