ललितानिवास जग्गा प्रकरण मुद्दामा सरकारी वकिलको बहस जारी
नेपालबहस संवाददाता
भदौ १७, २०८० आइतबार १५:४८:२६
१७ भदौ, काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारस्थित सरकारी स्वामित्वको ललितानिवास जग्गा हिनामिना मुद्दामा काठमाडौं जिल्ला अदालतमा सरकारी वकिलको तर्फबाट बहस जारी छ ।
मुद्दामा भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङ, पूर्व सचिव, सहसचिव लगाउन १८ विरुद्ध सरकारको तर्फबाट न्यायाधीश भोलानाथ ढकालको इजलासमा बहस भइरहेको हो । शुक्रबार अदालतमा प्रतिवादीहरुको बयान सकिएपछि आजबाट थुनछेक बहस सुरु भएको हो ।
सरकारको तर्फबाट बहस सकिएपछि प्रतिवादीको तर्फका वकिलले बहस सुरु गर्नेछन् । त्यसपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । दुवै पक्षको बहस सकिएपछि पक्राउ परेकाहरूलाई थुनामा राख्ने किन धरौटीमा छोड्ने आदेश हुनेछ ।
ललितानिवासको १४३ रोपनी सरकारी जग्गा विभिन्न समयमा नक्कली कागजात पेश गरेर तत्कालीन सचिव, सहसचिव, शाखा अधिकृत, मालपोतका कर्मचारी, नापी विभागका कर्मचारीसँग मिलेर गुरुङ लगायत विभिन्न व्यक्तिले आफ्नो नाममा पास गराएको खुलेपछि सीआईबीले अभियुक्तहरूलाई गएको असारमा पक्राउ गरी अनुसन्धान गरेको थियो । जग्गा प्रकरणमा ३१२ जना प्रतिवादीविरुद्ध मुद्दा दायर भएको छ । उनीहरूमाथि सरकारी छाप दस्तखत किर्ते सम्बन्धी कसुरमा मुद्दा चलाइएको छ । अन्य फरार रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबयान नगराई सर्वोच्चबाट हिरासतमै फर्काइए दुर्गा प्रसाईं
मंसिर ११, २०८१ मंगलबार
प्रहरीले दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गरायो
मंसिर ११, २०८१ मंगलबार
न्यायाधीश नियुक्तिबारे न्याय परिषदमा छलफल सुरु
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार