बँदेल मारेर खाने नीति ल्याएर पीडित किसानलाई राहत दिन सकिन्छ ः आरजु राणा
परिवार नियोजन’ गरेर बाँदर नियन्त्रण गर्न सकिने भनाइ
नेपालबहस संवाददाता
भदौ १७, २०८० आइतबार १६:२७:५०
१७ भदौ, काठमाडौं । संघीय सांसद एवं संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले किसानको खेतबारी नष्ट पार्ने वन्यजन्तु बँदेल मार्ने नीति ल्याउनुपर्ने बताएकी छन् ।
सिंहदरबारमा आइतबार बसेको समितिको बैठकमा उनले किसानहरू आफूले लगाएको खेतबारी बँदेल र बाँदरबाट जोगाउन मुस्किल भई विस्थापनको अवस्थामा पुगेको भन्दै बँदेल मार्ने र बाँदरलाई परिवार नियोजन विधि लागू गरेर जान सकिने बताइन् । बाँदरको संख्या घटाउन बच्चा नपाउने विधि (परिवार नियोजन)काे प्रयाेग पनि विकल्प हुनसक्ने बताइन् ।
जंगली जनावर बाँदर, बँदेल र दुम्सीले अन्नबालीमा नष्ट गरेर किसान थातथलो छाड्न बाध्य भएको र यसका रोकथामका लागि सरकारले नीति तत्काल ल्याउनुपर्ने भन्दै संसद बैठकमा लगातार आवाज उठाउँदै आएका छन् । यी जंगली जनावरले पहाडी क्षेत्रका करिब ९० प्रतिशत जिल्लाका किसान विगत दशकदेखि पीडित छन् ।
नागरिकको जीवन धान्ने बाली नै नष्ट गर्ने क्रम नरोकिँदा क्षति पुर्याउनेलाई तह लगाउन कडा नीति ल्याउनुपर्नेमा सभापति राणाले जोड दिइन् । मानिस र जंगली जनावरबीचको द्वन्द्वले मानिसको बाली मात्र नभई ज्यान समेत गइरहेको तर्फ सरकारको ध्यानाकर्षण गराइन् ।
जनावरको संरक्षण आवश्यक छ, तर मान्छेले लगाएको बाली मान्छेले नै खान नपाउनेगरी संरक्षण गरेर के फाइदा ?’ उनले भनिन्, ‘बँदेल त खान्छ नि, बाँदर पो खाँदैन त । बाँदरलाई फ्यामेली प्लानिङबाट संख्या घटाउन सकिने रहेछ ।’ उनले भारतको हिमाञ्चल प्रदेशमा फ्यामेली प्लानिङ (बच्चा नजन्मने) विधि प्रयोग गर्ने गरिएको दृष्टान्त सुनाउँदै उक्त विधिबाट २ वर्षमै बाँदर आतंक मेटाउन सकिने बताइन् ।
खान मिल्ने जनावरको संख्या बढ्न नदिने उपायको रुपमा उनले मारेर खाने नीति ल्याउनुपर्ने बताइन् । यसका निम्ति वन्यजन्तु विभाग लगायत सम्बन्धित निकायहरूसँग छलफल गर्नुपर्ने बताइन् । अष्ट्रेलीयामा खरायो र श्रीलंकामा बाँदर नियन्त्रण गरेको शैलीमा नेपालमा पनि बाँदर बँदेल नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।
बैठकमा समिति सदस्य एवं सांसदहरुले अष्ट्रेलीयामा खरायो र श्रीलंकामा बाँदर नियन्त्रण गरेको तरिका नेपालमा लागू गर्ने नीति ल्याउनुपर्ने धारणा राखे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
जुम्लासहित उच्च हिमाली भेगमा गड्यौलाको मलको समस्या
कात्तिक ३०, २०८१ शुक्रबार
किसानले उत्पादन गरेको महले बजार पायो
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार