ओलीसँगकाे भेटमा अमेरिकी सिनेटर होलेनले देखाए शान्ति प्रक्रिया टुंगाेमा पुर्याउने बारे चासाे
नेपालबहस संवाददाता
भदौ १७, २०८० आइतबार १६:४५:३३
१७ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटर क्रिस भान होलेनबीच आज भेटवार्ता भएको छ ।
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आज दिउँसो भेटवार्ता भएको हो । भेटमा होलेनले गत बुधबारबाट नेपालमा कार्यान्वयनमा गएको एमसीसी सम्झौताबारे चासो राखेका थिए । सम्झौता कार्यान्वयन प्रवेश विवादमा परेको बेला शुक्रबार नेपाल आइपुगेका होलेनले ओलीसँग चासो राखेका हुन् ।
भेटमा एमसीसी सम्झौता कार्यान्वयन, शान्ति प्रक्रिया टुंगाेमा पुर्याउन बाँकी विषय, दुई देश बीचको सम्बन्ध विस्तार र सहयोग आदान प्रदानका सम्बन्धमा चासोका साथ कुरा गरेको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए ।
जवाफमा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफू सम्झौता कार्यान्वयनको पक्षमा सधैं उभिने र अन्य सहयोगको अपेक्षा राखेको बताएको नेम्वाङले बताए । शान्ति प्रक्रिया नेपालले मौलिक तरिकाबाट टुंगोमा पुर्याउने आश्वासन ओलीले दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार