मेयर पत्नीलाई प्रहरीबाट असभ्य व्यवहार गरियो : बालेनको सचिवालय
नेपालबहस संवाददाता
भदौ १७, २०८० आइतबार १८:२९:३५
१७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’को निजी सचिवालयले सुत्केरी अवस्थामा रहेकी मेयर पत्नी सविना काफ्लेमाथि प्रहरीले चेकजाँचका असभ्य व्यवहार र असान्दर्भिक प्रश्न सोधेर हैरानी दिएको बताएको छ ।
मेयर साहको स्वकीय सचिवालयले आh दुई पृष्ठ लामो विज्ञप्ति जारी गर्दै मेयर पत्नी सबिना काफ्ले ललितपुरको मेडिसिटी अस्पतालको एनआईसीयूमा उपचाररत शिशुलाई स्तनपान गराएर फर्किने क्रममा
शनिबार राति ९ बजे कोटेश्वरमा ट्राफिक प्रहरीले गाडी रोकेर चालक र काफ्लेलाई रुखो भाषामा अनावश्यक र असान्दर्भिक प्रश्न गरेर हैरानी दिएको आरोप लगाएको छ ।
चेकजाँचका क्रममा रहेका ट्राफिक प्रहरीको निर्देशनमा गाडी रोकेर चालकले आफ्नो परिचय दिएर गाडीमा रहेकी माफ्लेबारे समेत जानकारी दिँदा ट्राफिक झनै उग्र बनेर रुखो वचन प्रयोग गरेको जनाइएको छ । चेकजाँच सकेर छाडिएपछि मेयर साहले राति फेसबुकमा ‘आजको लागी केहि भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरवारमा आगो लगाइदिन्छु, याद राख चोर सरकार’ भनेर सन्देश पोष्ट गरेपछि साहको चौतर्फी आलोचना भइरहेको छ ।
यस्तो अवस्थाबीच उनको सचिवालयले चेकजाँचका नाममा प्रहरीले आक्रामक व्यवहार देखाएर प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत ख्याल नगरी असान्दर्भिक र मनोमानी प्रश्न गरेको जनाइएको हो ।
प्रहरीबाटप्रश्रव पीडा र शारीरिक समस्यामा रहेकी सविनामाथि असभ्य असभ्य व्यवहार गरेको भन्दै घटनाको निन्दा समेत गरेको छ ।
चेकजाँचमा खटिएका प्रहरीले गुटखा, सुतीीजन्य पदार्थ सेवन र मापसे गर्ने, रुखो बोल्ने काम गरेको गम्भीर आरोप समेत विज्ञप्तिमा लगाइएको छ । घटनाबारे संचारमाध्यमले तोडमोड गरेर समाचार संप्रेषण गरेको भन्दै ध्यानाकर्षण भएको सेत उल्लेख गरिएको छ । साथै गलत आचरण देखाउने प्रहरीका कारण सिंगो सुरक्षा संगठनमाथि आँच पुग्न सक्नेतर्फ ध्यान दिन पनि आग्रह गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम
मंसिर २५, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार