महिला टी-२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल सेमिफाइनल प्रवेश
नेपालबहस संवाददाता
भदौ १८, २०८० सोमबार ११:१७:२४
१८ भदौ, काठमाडौं । महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगितामा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा कतारलाई ९ विकेटले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।
मलेसियाको बांगीमा नेपालले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रनको योगफल तयार पारेको ७५ रनको सामान्य लक्ष्य दिएको थियो । पछि जवाफी ब्याटिङमा नेपालले १०.३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको यो लगातार चौथो जित हो । नेपालका लागि ओपनरद्वय काजल श्रेष्ठले सर्वाधिक ३२ रन सीता राना मगरले १७ रन योगदान गरे । यस्तै इन्दु बर्मा २० रनमा नटआउट भइन् ।
यसअघि मलेसिया, बहराइन र भुटानविरुद्ध सहज जित निकालेको थियो । समूह चरणको अन्तिम खेलमा नेपालले बुधबार यूएईसँग खेल्नेछ भने यो खेलपछि समूह विजेता र उपविजेता तय हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार
रौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार
‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार