ताप्लेजुङ-काठमाडौं हवाई भाडा घट्यो
नेपालबहस संवाददाता
भदौ १८, २०८० सोमबार १२:२६:१
१८ भदौ, काठमाडौं । नेपाल एयरलाइन्सले करिब तीन महिनापछि काठमाडौं–सुकेटार उडान सुचारु गरेको छ । मौसम प्रतिकूल कारण देखाउँदै गत जेठ २४ गतेदेखि ताप्लेजुङकोको सुकेटारमा उडान हुन सकेको थिएन ।
मौसममा सुधार आएसँगै आजदेखि नियमित उडान सुरु भएको नेपाल एयरलाइन्सका सुकेटार विमानस्थल प्रमुख सचिन तिवारीले जानकारी दिएका छन् ।
सोमबार काठमडौंबाट ६ यात्रु आएको र काठमाडौंतर्फ १ जना यात्रु उडेको उनले बताए । पहिलेकै उडान तालिकाअनुसार साताको सोमबार, बिहीबार र शनिबार नियमित उडान हुनेछ । करिब एक हजार आठ सय मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलमा बर्खाको समयमा प्रायः हुस्सु लाग्ने भएकाले नियमित उडानमा समस्या पर्दै आएको छ ।
यसअघि काठमाडौं–सुकेटारको भाडा ९ हजार ६५३ लाई घटाएर ८ हजार ६०० मा झारिएको छ । मौसममा सुधार र चाडबाड नजिक आएका कारण यात्रु अभाव नहुने र उडान नियमित हुने विश्वासको स्थानीयले गरेका छन् । यहाँ सरकार स्वामित्वको नेपाल एयरलायन्सले मात्र उडान गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार