शान्ति प्रक्रिया टुंगोमा नपुग्दा नेपालको स्थान खस्किएको छः कल्याण श्रेष्ठ
नेपालबहस संवाददाता
भदौ १८, २०८० सोमबार १२:३८:५१
१८ भदौ, काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले नेपालको शान्ति प्रक्रियालाई चाँडो टुंगोमा पुर्याउनुपर्ने बताएका छन् । उनले शान्ति प्रक्रिया टुंगोमा नपुग्दा नेपाल द्वन्द्वपीडित देशमा वर्गीकृत हुनुपरेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शान्तिप्रक्रिया टुंगोमा पुर्याउन अब कुनै पनि बहानामा ढिलाइ गर्न नहुनेसमेत बताए ।
विश्वमान चित्रमा नेपाललाई द्वन्द्वपीडित देशबाट शान्त देशमा बदल्नुपर्ने भन्दै उनले पीडितलाई न्यायको प्रतीक्षा गराउन नहुने बताए । श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन राष्ट्रिय प्रयास आवश्यक रहेको बताए । पूर्वप्रधानन्यायधीश श्रेष्ठले दिगो शान्ति ल्याउन न्यायिक आधार सुदृढ गर्नुपर्ने बताए । न्यायलाई इन्कार गरेर दिगो शान्ति हुन नसक्ने भन्दै उनले अब कुनैपनि बहानामा न्याय दिन ढिलाइ गर्न नहुने बताए ।
जतिसुकै जनआन्दोलन भए पनि अन्याय दबाएर दिगो विकास र शान्ति स्थापना हुन नसक्ने बताउँदै उनले भने, ‘यो देश हाम्रो शान्तिमय देशको रुपमा संसारको मानचित्रमा बसेको देश हो । केही समय हामी द्वन्द्वपीडित देशमा वर्गीकृत छौँ । विश्वमानचित्रमा द्वन्द्वपीडित राष्ट्रमा हामी चित्रित छौँ । यो शान्ति प्रक्रिया टुंगोमा नपुगेका कारणले यो चित्र हाम्रो निरन्तर छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार