सरकारी काममा खटिएका कर्मचारी निरूत्साहित हुने गरी जथाभावी वक्तव्य नदिन काठमाडौं प्रशासनको चेतावनी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ १८, २०८० सोमबार १३:४३:५२
![](https://nepalbahas.prixacdn.net/media/albums/thumb_2_kZqfpRrkjK_jMkEJEmyE3.jpg)
१८ भदौ, काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले सरकारी काममा खटिएका कर्मचारीहरूलाई निरूत्साहित गर्ने र सामाजिक सञ्जालमा जथाभावी वक्तव्य नदिन ध्यानाकर्षण गराएको छ । सरकारी काममा खटिनेलाई जथाभावी वक्तव्य दिए कानुनअनुसार कारबाही गर्ने चेतावनी दिइएको छ । सरकारी स्रोत साधनको दुरुपयोग नियन्त्रणका लागि स्थानीय प्रशासन निरन्तर क्रियाशील रहेको छ र भविष्यमा समेत दृढतापूर्वक यो नीति कार्यान्वयन गरिने उल्लेख छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले गत शनिबार फेसबुकमार्फत् दिएको आपत्तिजनक अभिव्यक्ति र उनको सचिवालयले ट्राफिक प्रहरीमाथि लाञ्छित गर्दै वक्तव्य जारी गरेपछि काठमाडौं प्रशासनले विज्ञप्ति जारी गरेको हो । विज्ञप्तिमा सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकहरूलाई निरूत्साहित गर्ने गरी सामाजिक सञ्जालहरुमा व्यक्त भएका अभिव्यक्तिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरूलाई कर्तव्य पालनामा बाधा अवरोध नपुर्याउन र विभिन्न सामाजिक सञ्जालहरुमा जथाभाबी वक्तव्यबाजी नगर्न चेतावनी दिइएको छ । प्रशासनले सार्वजनिक बिदाका दिनमा सरकारी सवारी साधन प्रयोगबारे सरकारको नीति कडाइसाथ कार्यावन्यन हुने पनि स्पष्ट पारेको छ ।
मेयर शाहकी श्रीमती चढेको सरकारी गाडी ट्राफिक प्रहरीले जाँच गर्दा मेयर शाहले अराजक अभिव्यक्ति दिएका थिए । त्यसैतर्फ इंगित गर्दै प्रशासनले सरकारी स्रोत साधनको दुरुपयोग हुन नदिन सार्वजनिक बिदाका दिनमा सरकारी सवारी साधनको सञ्चालनमा निगरानी र नियन्त्रण गर्ने कार्य भइरहेको स्मरण गराएको छ ।
’गृह मन्त्रालयले विभिन्न मितिमा यसको अनुगमन, नियमन र नियन्त्रणका लागि परिपत्र समेत गर्ने गरेको छ । सरकारी कामका लागि बिदाका दिनमा सरकारी सवारी साधन प्रयोग गर्नुपर्दा तोकिएका अधिकारीबाट जारी भएको सवारी पास प्रयोग गर्न पाउने स्पष्ट व्यवस्था रहेको छ ।
यसबाट निजी काममा सरकारी सवारी साधनको प्रयोगमा कमी आई मितव्ययिता अभिवृद्धि गर्न मद्दत पुगेको कुरा निर्विवाद छ’ विज्ञप्तिमा भनिएको छ,’गृह मन्त्रालयको निर्देशन अनुसार सरकारी स्रोत साधनको दुरुपयोग नियन्त्रणका लागि स्थानीय प्रशासन निरन्तर क्रियाशील रहेको छ र भविष्यमा समेत दृढतापूर्वक यो नीति कार्यान्वयन गरिने छ ।’
मितव्ययिता, शान्तिसुरक्षा तथा सुशासन अभिवृद्धिका लागि स्थानीय प्रशासनबाट सम्पादित यस्ता कार्यमा आम नागरिकबाट प्राप्त साथ, समर्थन र सहयोगले उच्च मनोबलका साथ कार्य गर्न थप उत्प्रेरित गराउने पनि विज्ञप्तिमा उल्लेख छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहकी पत्नी चढेको सरकारी नम्बर प्लेटको गाडी शनिबार राति कोटेश्वरमा ट्राफिक प्रहरीको चेकिङमा परेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
संघीय निजामति विधेयकः श्रेणीगत प्रणाली हटाएर कर्मचारीलाई तहगत संरचनामा राख्ने सहमति
फागुन १, २०८१ बिहिबार
मन्त्रीस्तरीय निर्णयबाट अर्थ मन्त्रालयका सहसचिवहरूको कार्यविभाजन, कसलाई कुन जिम्मेवारी ?
फागुन १, २०८१ बिहिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा
फागुन ६, २०८१ मंगलबार
क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो
फागुन ६, २०८१ मंगलबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार