धानमा गवारो, कोदोमा खुम्रे कीराको संक्रमण, किसान चिन्तित
नेपालबहस संवाददाता
भदौ १८, २०८० सोमबार १४:८:१६
१८ भदौ, म्याग्दी । म्याग्दीमा लगाइएको धान र कोदो बालीमा गबारो र खुम्रे कीराको संक्रमण देखिन थालेपछि किसान चिन्तित बनेका छन् । जिल्लाको पश्चिमी र उत्तरी क्षेत्रमा लगाइएको धान बालीमा गबारो रोगको सङ्क्रमण देखिएको छ भने कोदो खुम्रे कीराले नष्ट गरेको किसानले बताएका छन् ।
धानले गाँज हाल्ने समयमा गबारो कीराको समस्या देखापरेको मालिका गाउँपालिका–४ का किसान रणबहादुर थापाले बताए । उनका अनुसार गबारो रोगले धानको गुबो मर्न थालेपछि किसानले विषादी छर्न थालेका छन् । “धान रोप्दा र सिँचाइमा धेरै खर्च भइसकेको छ”, थापाले भने, “अझ विषादी पनि खर्चिलो छ ।”
मङ्गला गाउँपालिकाको रणबाङको फाँट र बेनी नगरपालिका–२ बगरफाँटमा पनि धानमा गबारो कीराको सङ्क्रमण देखिँदा पूरै खेतमा धानको गुबो मर्दै गएको बगरफाँटका खड्गबहादुर थापाले बताए । उनका अनुसार धान फस्टाउने समयमा गुबो मर्न थालेपछि किसान चिन्तित बनेका छन् ।
कृषि विज्ञका अनुसार गबारो धानमा लाग्ने एक प्रमुख शत्रुजीव कीरा हो । धानमा गाँज आउनेदेखि लिएर फूल फुल्ने वा धान पसाउने अवस्थासम्म यसले आक्रमण गरी बर्सेनि ठूलो क्षति पु¥याउने गरेको कृषि प्राविधिक जगत बानियाँले बताए । उनका अनुसार धानमा पहेँलो, सेतो, छिर्के, गोल्ड–फ्रिन्ज्ड, कालो टाउके छिर्के र कलेजी रङको बुट्टा गरी छ किसिमका गबारो कीराले धानमा आक्रमण गर्छन् ।
गबारो कीराको सङ्क्रमण तीव्ररूपमा फैलने भएकाले धान बाली केही दिनमै नष्ट हुने कृषि प्राविधिक बानियाँले बताए । “यसको सङ्क्रमणले अहिले धानको बोट मर्दै गएका छन्, समयमै उपचार नभए धानबारी नै नष्ट हुन्छ”, उनले भने ।
धानखेतमा रासायनिक युरिया मलको अत्यधिक प्रयोग गर्नु, पानीको कमी हुनु तथा अन्य सुक्ष्म तत्वका कारण गबारो कीराको सङ्क्रमण सहजै फैलने बानियाँले जानकारी दिए । उनका अनुसार कोदो बालीमा खुम्रे कीराको समस्या देखिएको छ । खुम्रे कीराका कारण कोदोको डाठ धमाधम सुक्न थालेपछि पश्चिम म्याग्दीका रुम, ओखरबोट र देविस्थानका किसान चिन्तित बनेका छन् ।
कोदोको जरामा खुम्रे कीरा र डाँठमा गबारो देखिएको छ भने यहाँको धान खेतीमा ढुसीजन्य रोगको संक्रमण पनि देखिएको किसानको भनाइ थियो । हुर्कने बेलाको कोदो मर्न थालेपछि समस्या भएको मालिका गाउँपालिका–२ का किसान जगबहादुर विकले बताए । उनका अनुसार बालीमा रोग र किराको संक्रमण बढ्न थालेपछि किसानले प्राविधिकको सल्लाहमा विषादीको प्रयोग गर्न थालेका छन् ।
विषादी छर्केपछि रोग अन्य स्थानमा फैलिन नपाउने भएको प्राविधिकको सल्लाहअनुसार विषादी छर्किएको विकको भनाइ थियो । हालसम्म एक सय ४० सय रोपनी जग्गामा लगाइएको कोदो बाली खुम्रे कीराले नष्ट गरेको उनले जानकारी दिए ।
खेती गर्नुपूर्व बाँझो जोत्ने काम किसानले नगर्दा खुम्रे कीरा फैलन पाएको कृषि प्राविधिक बानियाँले बताए । आगामी दिनमा मकै लगाउने मौसममा माटोमा विषादीको प्रयोग गरेर खुम्रे कीरालाई नियन्त्रण गर्ने गरी किसानलाई सेचत गराइएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
केन्द्रका अनुसार म्याग्दीमा तीन हजार आठ सय ९० हेक्टर क्षेक्रफलमा धान र दुई हजार सय ५० हेक्टर क्षेत्रफलमा कोदो खेती हुन्छ । यहाँ गौरी, जेठो बुडो, जर्नेली, पहेले, मार्सी, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छे, अन्नपूर्ण–३, खुमल–४, खुमल–१०, लुम्ले–२ लगायतका उन्नत जातका धानखेती हुने गरेको बानियाँले जानकारी दिए । लेकाली क्षेत्रमा सिँचाइ आवश्यक नपर्ने भएकाले घैया जातको धान खेती हुने उनको भनाइ थियो । उनका अनुसार यहाँ कोदो भने स्थानीय जातको खेती हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
जुम्लासहित उच्च हिमाली भेगमा गड्यौलाको मलको समस्या
कात्तिक ३०, २०८१ शुक्रबार
किसानले उत्पादन गरेको महले बजार पायो
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार