टेरामक्समा ठूलो घोटाला भएकाे आशंका छ : सांसद केसी
नेपालबहस संवाददाता
भदौ १८, २०८० सोमबार १४:१३:३८
१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद अर्जुननर सिंह केसीले नेपाल दूरसंचार प्राधिकरणले टेलिफोन र मोवाइलमा लागू गराउन खोजिरहेका टेरामक्स प्रविधिमा घोटाला भएको आशंका भएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा दलीय आधारमा धारणा राख्दै ग्राहकको टेलिफोन, मोवाइल फोनको गोपनियता रेकर्ड समेत गरिने प्रविधि (प्रणाली) टेरामाक्स लागू गर्न दबाब दिइरहेको कुराले प्रणाली भित्र्याउने क्रममा घोटाला भएको देखाउने उनले बताए । टेरामक्सको निष्पक्षता र ग्राहकको व्यक्तिगत गोपनियताको ग्यारेन्टीबारे छानबिन हुनुपर्ने बताए ।
उनले गएको आव २०७९/८० मा नेपाल टेलिकम र एनसेलको ग्राहक संख्या लाखौंले वृद्धि भएपनि राजश्व घटेको देख्दा हिनामिनाको आशंका भएको बताए । साथै उनले मुलुकमा अराजकता ढ्दै गइरहेको भन्दै व्यक्तिगत सानातिना विषयमा ‘सिंहदरबारमा आगो लगाइदिने’ भन्नेसम्मको अभिव्यक्ति सार्वजनिक हुन थालेको भन्दै यसप्रति सबै राजनीतिक दल ध्यान जानुपर्ने बताए ।
‘आगो वलगाउने होइन, आगो निभाउने काममा लाग्न आवश्यक छ’ उनले भने, ‘जनताको त्याग, बलिदान र कष्टपूर्ण आन्दोलनबाट प्राप्त हक अधिकार रक्षा गर्नेतर्फ सरकारले ध्यान दिन आग्रह गरे ।
यस्तै, २०७० निर्माण सुरु भएको पासाङ ल्हामू राजमार्गमा बजेट थप गर्न सरकारको ध्यानाकर्षण गराए । क्रमागत बजेट समेत कटौती गरेको भन्दै बजेटका लागि आफू निर्माणस्थलमै धर्ना बस्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार