राज्यले खेलाडीमाथि शोषण गरिरहेको छ : सांसद ढकाल
सरकारले मुलुकलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने खेलाडीलाई प्राेत्साहन नगरी प्रदेश प्रमुखलाई सुत्ने ठाउँ बनाउन अर्बाैं खर्चेकाे भनाइ
नेपालबहस संवाददाता
भदौ १८, २०८० सोमबार १४:३९:११
१८ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले राज्य र सरकार मिलेर नेपाली खेलाडीको शोषण गरिरहेको बताएका छन् ।
सांसद ढकालले सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद अधिकारीले आज एसिया कप क्रिकेट प्रतियोगितामा नेपाली टिमले शक्तिशाली भारतीय टिमसँग खलिरहेको अवस्थामा पनि खेलाडीले राष्ट्रियताको पक्षमा उच्च मनोबल देखाइरहेको बताए ।
आर्थिक समस्याबीच उच्च मनेबलसहित मैदान उत्रिँदै गरेका नेपाली क्रिकेट टिमलाई सरकारले बधाइ दिएर मात्र नपुग्ने उनले बताए । खेलाडीलाई राज्यले ए, बी र सी श्रेणीमा वर्गीकरण गरेर सेवा र सुविधामै पक्षपात गरेको बताए । उनले क्रिकेट मात्र नभई हरेक खेलमा न्यून सुविधा दिएर राष्ट्रिय खेलाडीमाथि शोषण गरेको उनको आरोप छ । सरकारले खेलाडीलाई शुभकामना दिएर मात्र नहुने भन्दै सुविधा र खेल्ने मैदान दिनुपर्ने बताए ।
भारतले क्रिकेटमा ‘ए’ ग्रेडका खेलाडीलाई १ करोड ५ लाख आईसी दिएको तर नेपालले जम्मा ६० हजार रुपैयाँ दिएर अपमान गरेको बताए । उनले मुलुकलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने गरी खेल खेल्ने खेलाडीलाई सुविधा र खेल्ने मैदानमा लगानी नगरी प्रदेश प्रमुखहरु काठमाडौं आउँदा सुत्नका लागि अर्बौं रुपैयाँ खर्चेर विशाल भवनहरु बनाएको भन्दै आलोचना गरे ।
भारतसँगको खेलमा नेपाली टिमलाई जितको शुभकामना दिँदै उनले क्रिकेटको माध्यमबाट अन्तर्राष्ट्रिय नेपाललाई चिनाएकोमा आफ्नो तर्फबाट ‘स्यालुट’ गर्न चाहेको बताए ।
उनका पार्टी सभापति रबि लामिछाने खेलाडीलाई हौसला प्रदान गर्न भन्दै आइतबार नै श्रींलका पुगिसकेका छन् । एसिया कपका लागि खेल श्रीलंका र पाकिस्तानमा भइरहेको छ । भारत खेल खेल्न पाकिस्तान नजाने भएपछि श्रीलंकामा आयोजना गरिएको हो । भारत र पाकिस्तानबीचको खेल पनि श्रीलंकामा नै हुँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
नेत्रहिन विश्वकप क्रिकेटः सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित
मंसिर १६, २०८१ आइतबार
यु–१९ एसिया कपमा नेपालले दियो बंगलादेशलाई १४२ रनको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार