दर्ता गरेरमात्रै औषधि पसल सञ्चालन गर्न निर्देशन
नेपालबहस संवाददाता
भदौ १८, २०८० सोमबार १५:१८:५१
१८ भदौ, नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालित औषधि पसल (मेडिकल तथा फार्मेसी), क्लिनिक एवं ल्याबलाई मापदण्ड पूरा गरेर सञ्चालन गर्न निर्देशन दिइएको छ ।
आइतबार गरिएको अनुगमनका क्रममा जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएका औषधि पसल एवं क्लिनिक र ल्याब दर्ताविनै मापदण्ड पूरा नगरी सञ्चालन गरेको पाइएपछि मापदण्ड पूरा गरेर सञ्चालन गर्न निर्देशन दिइएको हो । गैँडाकोट नगरपालिकाका उपप्रमुख एवं अनुगमन समिति संयोजक शान्ति कोइरालाले अनुगमनका क्रममा दुई औषधि पसल दर्ता नै नगरी सञ्चालन भएको पाइएको जानकारी दिए ।
गैँडाकोट–११ भेडाबारीमा सुनील मेडिकल हल र गैँडाकोट–१३ बेल्डिहामा सञ्चालित जेनिशा फार्मेसी एवं मेडिकललाई एक साताभित्र दर्ता भएर सञ्चालन गर्न निर्देशन दिइएको उनले बताए । अनुगमनका क्रममा त्रुटि भेटिएका स्वास्थ्य संस्थालाई सचेत गराइएको उनले बताए ।
अनुगमनका क्रममा गैँडाकोट–११ भेडाबारीमा सञ्चालनमा आएको सुनील मेडिकल हल दर्ताबिनै सञ्चालन गरेको भेटिएको कोइरालाले बताए । दर्ता नगरी सञ्चालन गरिएको सो मेडिकल हललाई सात दिनभित्र दर्ता गरेरमात्र सञ्चालन गर्न निर्देशन दिइएको उनले बताए । दर्ता नगरी सञ्चालित सुनील मेडिकल हलमा म्याद सकिएका औषधि अत्यधिक भेटिएको भन्दै उनले औषधि राख्ने ठाउँमा फिनेल तथा हारपिक पनि सँगै राखेको पाइएको बताए ।
अनुगमन समितिले सो मेडिकल हललाई मूल्यसूची राख्न एवं मापदण्ड पूरा गरी सञ्चालन गर्न सचेत गराएको हो । गैँडाकोट–१३ बेल्डिहाको जेनिशा फार्मेसी एवं मेडिकललाई म्याद नाघेका औषधि तुरुन्त हटाउन, फार्मेसी दर्ता गरेर थप काम गर्दै आएको मेडिकललाई इन्जेक्सन र ड्रेसिङ सेवा सात दिनभित्र दर्ता गरेर मात्र सञ्चालन गर्न, मूल्यसूची राख्न, ड्रेसिङ सेवाबापतको बिल काट्न निर्देशन दिइएको कोइरालाले बताए । गैँडाकोट–११ को कमल स्वास्थ्य क्लिनिकलाई क्लिनिकको मापदण्ड पूरा गरी सञ्चालन गर्न निर्देशन दिएको छ ।
त्यस्तै गैँडाकोट–१४ मा रहेको अमरापुरी स्वास्थ्य क्लिनिक एवं निश्चल फार्मेसीको औषधि राख्ने स्थानमा हरपिक तथा फिनेल सँगसँगै राखिएको तथा म्याद सकिएका औषधि भेटिएको अनुगमन समितिका सदस्य एवं नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिए ।
उक्त क्लिनिकमा बिरामी परीक्षण कक्ष व्यवस्थित नभएको, ल्याबको मापदण्ड पूरा नगरी सञ्चालन गरिएको पाइएपछि एक हप्ताभित्र सुधारका लागि निर्देशन दिइएको उनको भनाइ छ । गैँडाकोट–११ भेडाबारीको कमल स्वास्थ्य क्लिनिकलाई बहिरङ्ग सेवा (ओपिडी) जाँच स्थानको उचित व्यवस्थापन गर्न, ल्याबको मापदण्ड पूरा गर्न सचेत गराइएको पौडेलले बताए ।
त्यस्तै गैँडाकोट–१५ अमरापुरीको केशव औषधि पसल एवं हाम्रो अमरापुरी हेल्थ क्लिनिकलाई आकस्मिक कक्षको सरसफाइमा ध्यान दिन एवं सेवाको मूल्यसूची राख्न निर्देशन दिइएको पौडेलको भनाइ छ । अमरापुरीकै सीता हेल्थ केयर सेन्टर प्रालिद्वारा सञ्चालित सीता मेडिकल हलमा ल्याबको मापदण्ड पूरा नभएको, लेभल (औषधिको मूल्य, उत्पादन मिति र व्याच नम्बर) नभएका एवं म्याद सकिएका औषधि भेटिएपछि तीन सामान जफत गर्दै ल्याबको मापदण्ड पूरा गर्न निर्देशन दिइएको पौडेलले बताए ।
म्याद सकिएको औषधि अत्यधिक पाइएको गैँडाकोट–१६ को अमरापुरीमा रहेको पौडेल मेडिकल एण्ड हेल्थ क्लिनिकलाई म्याद सकिएका औषधिको तुरुन्त व्यवस्थापन र ल्याब व्यवस्थापन गर्न निर्देशन दिएको छ । मुकुन्दसेन डेन्टल केयर प्रालिलाई नगरपालिकामा समेत दर्ता गरी सञ्चालन गर्न र आवश्यक कागजातसहित छलफलका लागि बोलाइएको पौडेलले जानकारी दिए ।
लाङ्घाली मेडिकल हल एवं फार्मेसीलाई ल्याब सेवा मापदण्ड पूरा गरी व्यवस्थित गर्न सचेत गराइएको छ । मापदण्डविपरीत सञ्चालित स्वास्थ्य संस्थाहरुलाई बन्द गर्ने क्षेत्राधिकार प्रदेशको अनुगमन टोलीलाई मात्रै भएकाले एक हप्ताभित्र दर्ता गर्दै मापदण्ड पूरा गर्न निर्देशन दिएर छोडिएको पौडेलले बताए।
नगरका बाँकी स्थानमा सञ्चालनमा आएका औषधि पसल तथा स्वास्थ्य संस्थाको समेत क्रमशः अनुगमन गर्दै जाने उल्लेख गर्दै पौडेलले नगरको अनुगमन टोलीको निर्देशन नमानेको खण्डमा अनुगमन र कारबाहीका लागि प्रदेशलाई गुहार्ने बताए । नगरपालिकाभित्र हाल निजी क्षेत्रबाट सञ्चालित चार दर्जन बढी मेडिकल तथा स्वास्थ्य संस्था सञ्चालनमा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल
मंसिर ४, २०८१ मंगलबार
प्रतिजैविक औषधिका कारण २०३० सम्ममा ३४ अर्ब अमेरिकी डलर आर्थिक भार थपिने
मंसिर ३, २०८१ सोमबार
माघ २३ गतेदेखि पाठेघरको क्यान्सरविरुद्ध १७ लाख किशोरीलाई निःशुल्क खोप लगाइने
कात्तिक २९, २०८१ बिहिबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
श्रीलङ्कामा यो बर्ष ५० जङ्गली हात्तीको मृत्यु
पुष ९, २०८१ मंगलबार
अब महँगा फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने
पुष ९, २०८१ मंगलबार
अभिभावकद्वारा सञ्चालित सुस्तमनस्थिति विद्यालयको सेवा प्रभावकारी बन्दै
पुष ९, २०८१ मंगलबार
कास्की अदालतमा छविको सकिएर पछाईंको बयान सुरु
पुष ९, २०८१ मंगलबार
वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने सहमति
पुष ९, २०८१ मंगलबार