प्रतिनिधिसभामा ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’ निर्णायार्थ पेस
नेपालबहस संवाददाता
भदौ १८, २०८० सोमबार १५:४५:३६
१८ भदौ, काठमाडौं । ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’ प्रतिनिधिसभाको आज बसेको बैठकमा निर्णायर्थ पेस भएको छ । यसअघिको बैठकमा सांसदहरुको गणपूरक संख्या नपुगेका कारण रोकिएको विधेयक आजको बैठकमा पेस भएको हो ।
आजको बैठकमा प्रतिनिधिसभामा हाल कायम रहेका सदस्य संख्यामध्ये ८३ जना उपस्थित थिए । गणपूरक संख्यामा ६९ सदस्य अनिवार्य उपस्थित हुनुपर्ने नियम छ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का सचेतक महेश बस्नेतले गणपूरक संख्या रहे नरहेको यकिन गर्न माग गरेपछि सभामुख देवराज घिमिरेले ३ मिनेट घण्टी बजाएर संख्या यकिन गर्दा ८३ जना उपस्थित रहेको पाइएकाे थियाे ।
त्यसपछि सभामुख घिमिरे विधेयक निर्णायर्थ पेस गर्न पुग्ने संख्या रहेको जनाउँदै पेस गरेका हुन् । विधेयक पारित भएको छ । विधेयकमा फौजदारी लगायत ८१ कानुन संशोधन प्रस्ताव गरिएको छ ।
अब विधेयक अन्तिम छलफलमा गएको छ । यसनिम्ति सांसदहरुले आवश्यक ठानेमा संशोधन प्रस्ताव पेस गर्न सक्नेछन् । सभामुख घिमिरेले संशोधन प्रस्ताव भएमा सचिवालयमा दर्ता गराउन जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
पार्टीभित्र गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जान्छः महामन्त्री थापा
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार