बीपी महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न कांग्रेसद्वारा महोत्सव मूल तयारी समिति गठन
नेपालबहस संवाददाता
भदौ १८, २०८० सोमबार १७:१:३३
१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसले बीपी साहित्य महोत्सव मूल तयारी समिति गठन गरेको छ । भदौ २४ देखि २६ गतेसम्म महोत्सव मनाउनका लागि पार्टीका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ‘बीपी साहित्य महोत्सव मूल तयारी समिति’ गठन गरेको हो ।
कांग्रेस केन्द्रीय समितिको साउन २ गतेदेखि १० गतेसम्म सम्पन्न बैठकको निर्णयअनुसार भदौ २४ देखि महोत्सव मनाउने निर्णय गरेको थियो । समितिले साहित्य महोत्सवलाई सफल बनाउन पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरूको परिचालन गर्दै विभिन्न संघसंस्थासँग समन्वय गर्नेछ ।
समितिमा पार्टीका केन्द्रीय सदस्य पुष्पा भुसाल, मीन विश्वकर्मा, डा. डिला सङ्ग्रौला पन्त, योगेन्द्र चौधरी, मधु आचार्य, मदनबहादुर अमात्य, अब्दुल सत्तार, नैनसिंह महर, राजीव ढुङ्गाना, दिलमान पाख्रिन, प्रकाश रसाइली स्नेही, रंगमती शाही, प्रा. डा. गोविन्दराज पोखरेल, हरिशरण नेपाली रहेका छन् ।
यसैगरी केन्द्रीय सदस्य नानु बाँस्तोला, नृपबहादुर बड, विद्यादेवी तिमल्सिना, उर्मिला थपलिया, कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ, कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँ, भक्तपुरका सभापति दुर्लभ थापा र ललितपुरका सभापति जीतेन्द्र श्रेष्ठ रहेको कांग्रेस सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
तीर्थबहादुर श्रेष्ठ, श्रवण मुकारुङ, डा नवराज लम्साल, डा रत्नमणि नेपाल, शैलेन्द्रप्रकाश नेपाल, सन्ध्या पहाडी, सोझो गाउँले, मनोजमणि आचार्य डिल्लीराम सुवेदी, प्रकाश लामिछाने, तीर्थबहादुर थापा, गोकुल लिम्बू, परशुराम पोखरेल, राजेन्द्र पराजुली र प्रताप पौडेल पनि समितिको सदस्यमा रहेका छन् ।
वीपी स्मृति भवन सानेपामा तीन दिनसम्म चल्ने उक्त महोत्सव नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा नेपाल लेखक संघको संयोजन तथा नेपाल सांस्कृतिक संघ र फाइआर्टको सहयोग रहने बताइएको छ । कांग्रेसले लेखक, साहित्यकार, बुद्धिजीवी अध्येतासहित सामाजिक कार्यमा संलग्न सबैलाई सहभागिताका लागि आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार