गोरु र चर्च काण्ड: किन हुँदैछ नेपालमा जातीय र धार्मिक दंगा ?
भुवनेश्वर अर्याल
भदौ १८, २०८० सोमबार १७:३६:४८
आज मेरो बाबा यो धर्तीमा हुनुहुन्न । मलाई सम्झना छ, वहाँ पटक पटक भन्नु हुन्थ्यो, “नमे मृत्यु शंका, नमे जाति भेदा शिवोहं शिवोहं” । हामी हिन्दु धर्म र संस्कारलाई मान्ने परिवारमा जन्मियौँ । यसमा हाम्रो के दोष ? चेतना, संस्कार र व्यवहारले हामीमा अरू धर्म, जात र संस्कृति प्रति विभेदको सोच कहिल्यै पलाएन । मैले स्कुले शिक्षाको सुरुवात भारतको मध्ये प्रदेश भोपालमा लिने अवसर पाए । उक्त ठाउँमा मुसलमानहरूको बाहुल्यता छ । रमजान होस् या ईद, बाबाले मुसलमान अंकलहरुलाई हक गरेर शुभकामना दिएको देख्थेँ म । त्यहाँका दिदीबहिनीहरू प्रायः कालो बुर्कामा हुन्थे । मेरो जिज्ञासामा बाबा भन्नु हुन्थ्यो, त्यो उनीहरूको चलन हो ।
नेपाल फर्केर स्कुल पढ्दा नैतिक शिक्षा पाठ्यक्रममा समावेश थियो । सबै धर्म, संस्कृति र मान्छेलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्छ भनेर सिकाइन्थ्यो । एउटा रोचक कथा थियो, पाठको नाम अहिले याद भएन । नेपालीले अंगुर भन्यो, बंगालीले दाख अनि अंग्रेजले ग्रेप तर सबैले भनेको फल अंगुर नै भए जस्तै जुनसुकै धर्मको उद्देश्य मानव कल्याण हो । ईश्वर एउटै हो, फरक फरक धर्म माने पनि सबैले एउटै सर्वशक्तिमान् अदृश्य र निराकार ईश्वरको भक्ति गरेका हुन्छन् भनेर हामीले विद्यालयमा पढ्न पाउथ्यौं ।
सात समुद्रपारीबाट डलर, बाइबल र एनजीओहरूको प्रयोग गरेर विभिन्न जातजाति, धर्म, भाषा तथा धर्म–संस्कृति मान्ने दाजुभाइबीच अधिकारका नाममा भिडाउने अनि नेपाललाई द्वन्द्वको भुमरीमा धकेल्ने उद्देश्य एक हदसम्म सफल भएको छ । यो नेपालको दुर्भाग्य हो । हाल धरानमा गोरु र चर्च काण्डले यसै कुराको संकेत गरेको छ ।
म सम्झन्छु, त्यो बेला कक्षा ९-१० मा शिक्षाको राष्ट्रिय उद्देश्यमा श्रम प्रति श्रद्धाभाव राख्ने , स्वावलम्बी, परिश्रमी र देशको साधन स्रोतलाई अधिकतम प्रयोगमा ल्याएर समुन्नत राष्ट्र निर्माण गर्ने नागरिक तयार गर्ने भन्ने थियो । शब्दहरु यता उता परेका हुन सक्छन् तर भाव यस्तै थियो । किन र कसको स्वार्थका कारण त्यो खालको शिक्षा पद्धति मासियो ? जातीय द्वेष, घृणा र परस्पर लडाएर सत्ताको सुखभोग गर्न पल्केका शक्तिहरू आज झनै सक्रिय छन् । सात समुद्रपारीबाट डलर, बाइबल र एनजीओहरूको प्रयोग गरेर विभिन्न जातजाति, धर्म, भाषा तथा धर्म–संस्कृति मान्ने दाजुभाइबीच अधिकारका नाममा भिडाउने अनि नेपाललाई द्वन्द्वको भुमरीमा धकेल्ने उद्देश्य एक हदसम्म सफल भएको छ । यो नेपालको दुर्भाग्य हो । हाल धरानमा गोरु र चर्च काण्डले यसै कुराको संकेत गरेको छ ।
कसैलाई गाई काट्नै पर्ने अनि काटेर अरूलाई उत्तेजित बनाउने गरि प्रचार गर्नु पर्ने किन ? समाजमा यस्तो खालको धार्मिक उत्तेजना फैलाउनेलाई राज्यले कारबाही गर्ने कि प्रश्रय दिने ? “यी हामीले गोरु काटेर खायौँ, तिमीहरू गु मुत खाऊ के गर्न सक्छौँ गर भनेर धम्की दिनु जरुरी थियो ? पाँच तारे होटलहरूमा आयातित गाईको मासु बिक्री गर्ने नीति रहेछ । मानी लिऊँ, गाईको मासु नबेचे पर्यटन क्षेत्र ध्वस्त नै हुन्छ त ? यसो गर्नेहरूले अरबमा गएर सुँगुर काट्ने हिम्मत राख्छन् ? खुलम खुल्ला बाहुन क्षेत्रीलाई काट्ने, लखेट्ने तथा साम्प्रदायिक सद्भावमा प्रहार गर्ने भइरहँदा राज्य मुकदर्शक भएर हेर्ने भनेको सरकारको नेतृत्वकर्ताको प्रत्यक्ष अप्रत्यक्ष संलग्नता र समर्थन हो भन्ने स्वतः बुझिन्छ ।
कथित जनयुद्ध त्यसैको कडी थियो भन्ने आज आएर खुल्दै छ । जहाँ एउटा नेपालीले अर्को नेपालीलाई मार्दा हजारौं मान्छेको ज्यान गयो । मैले यो आरोप त्यसै लगाएको होइन साँच्चै शोषण , अन्याय, अत्याचार र विभेद विरुद्धको आन्दोलन हुन्थ्यो भने गणतन्त्र आएको झण्डै दुई दशकसम्म खै त सुधार ?
हिजोको राजनीतिक व्यवस्थामा थुप्रै कमजोरी र खराबी थिए । तिनमा क्रमिक सुधार र परिमार्जन पक्कै जरुरी थियो । हठात गरिएका राजनीतिक परिवर्तनसँगै नेपालीहरूको मिलेर बस्ने अनि बाँडेर खाने संस्कार भत्काइयो । शिक्षा, स्वास्थ्य, उद्यमशीलता र पूर्वाधार विकासका आधारशिलाहरूमा सुधार गरेर लग्नु पर्ने बेला तहसनहस पारियो । उदाहरणको लागि केही पर्यटक क्षेत्रमा निजी क्षेत्रले केवुलकार चलाए पनि राज्यले रज्जु मार्गको प्रयोग गरेर सबैभन्दा सस्तो ढुवानीको सुरुवात त पाँच दशक अघि नै गरेको थियो नि ! काठमाडौं, भक्तपुर ट्रली बससेवा त्यसलाई मर्मत तथा बिस्तार गर्ने कि मास्ने ? त्यसैले ०४६ पछिको राजनीतिक नेतृत्व देशको शिक्षा, स्वास्थ्य, कृषि, उद्योग कुनै पनि विकास मोडेलमा प्रष्ट नभएको मात्र होइन यिनीहरुमा वास्तव मै देशलाई सपार्ने नियत पनि छैन भन्न लाज र डर मान्नु पर्दैन ।
दलित शिल्पी हुन् अछुत होइनन्
म माथिको दाइ सानैमा परलोक भएको कुरा मेरी आमा भन्नु हुन्छ । म जन्मको आधारमा साइलो जीवित छोराहरू मध्येको माइलो रहेंछु । म जन्मेपछि आमाको दूध आएन रे ! मेरो छिमेकी विश्वकर्मा आमाको छोरी लुरी दिदी भन्दा म ६ दिन पछि जन्मेको । आमाको दूध नआएपछि हामीले तिनै लुरी दिदीसँग एउटै लाम्टा चुस्यौँ । विश्वकर्मा आमाको दूध चुसेर हुर्के पनि म बाहुन नै रहे तर दिदी कमिनी ? म कमिनी आमाको दूध चुसेर पनि बिटुलो बनिन, मेरो जात घटेन । बादी महिलाहरूसँग सुतेर कामवासनाको तिर्खा मेट्दा बिटुलो नहुने, कामीले बनाएको कृषि उपकरणहरू हँसिया, कोदालो बन्चरो, खुकुरी, फालीले खेती गरेर संसारको पेट भर्दा राम्रै हुने ,दमैले सिलाएर मात्र शरीर ढाक्नु पर्ने अझ अप्ठेरो पर्दा दलित, उत्पीडितकाे रगत, कलेजो र मृगौलाले प्राण बचाउन मिल्ने तर उनीहरूलाई अझै पनि हेला, होचो र उत्पीडन भइरहने हिन्दु संस्कार भित्रको सबै भन्दा कुरूप पक्ष हो ।
मेरो अनन्य मित्र जी विश्वकर्मा हाल अमेरिका बस्नुहुन्छ । हामीले सँगै बीएसस्सी पास गरेका थियौँ । साइन्स पढेका मान्छेहरू अलिकता तथ्य प्रमाण खोज्ने हुन्छन् । हामी बिना तथ्य प्रमाणको कुरा हत्पति मान्दैनौ । मैले पनि मान्छेले अर्को मान्छेलाई जाति, धर्म, ऊ जन्मेको स्थानको आधारमा फरक गर्नुपर्छ भन्ने कहिल्यै विश्वास गरिन । म भन्दा अब्बल अंक लिएर आएको उनलाई गाउँको विद्यालयमा विज्ञान शिक्षक स्वीकार गरेनन् । वहाँलाई कामीलाई शिक्षक बनाएर नमस्ते गर्ने ? भनेर विभेद गरियो । सायद वहाँको चित्त दुख्यो, वहाँ अमेरिका भासिनु भयो ।
मधेश आन्दोलन होस, जनजाति या दलित सबैले आफ्नो पक्षमा भएका आन्दोलनका सहयात्रीहरूलाई सत्ता, पद र बार्गेनिङको माध्यम बनाए । म यहाँ कसैको नाम उल्लेख नगरु तर यसो विचार गर्नु त ? मधेश आन्दोलनको नाममा कति पटक सत्ताको लागि पार्टी फुटे ? कस्ता कस्ता हिंसामा जनधनको क्षति भयो ।
आज थुप्रै दलितहरुलाई यही विभेदको कारण धर्म परिवर्तन गरेर इसाई बनाइएका छन् । यस्तै खालको कु-संस्कारको कारण विदेशी शक्ति हाम्रो राष्ट्रिय भावनामा चोट पुर्याउन र लडाउन सफल भएको छ । कथित जनयुद्ध त्यसैको कडी थियो भन्ने आज आएर खुल्दै छ । जहाँ एउटा नेपालीले अर्को नेपालीलाई मार्दा हजारौं मान्छेको ज्यान गयो । मैले यो आरोप त्यसै लगाएको होइन साँच्चै शोषण , अन्याय, अत्याचार र विभेद विरुद्धको आन्दोलन हुन्थ्यो भने गणतन्त्र आएको झण्डै दुई दशकसम्म खै त सुधार ?
हिन्दु धर्मका मूलग्रन्थहरु वेद, उपनिषद, रामायण, गीता कही कतै मान्छेको जात ठूलो सानो हुन्छ भनेर उल्लेख गरेको थाहा छैन । योगी नरहरीनाथ, खप्तड बाबा या स्वामी प्रपन्नाचार्य जस्ता महान धर्म भीरुहरु कसैले पनि मान्छे जन्मँदै उचनिच भएर जन्मिन्छ भनेनन् । केही हदसम्म आरक्षणको कारण दलितहरु देशका प्रशासन तथा सार्वजनिक क्षेत्रमा प्रवेश गरेको भए पनि राजनीतिक स्वार्थको कारण देखाउनलाई हल्का फुल्का दिएको मात्र हो । एउटा वडामा एक जना दलित महिलाको प्रतिनिधित्वलाई पुरै जातीय मुक्ति आन्दोलनको प्रचार गरिन्छ तर यथार्थमा यो त एक प्रकारको मुख टाल्ने मेलो मात्र हो भन्ने घाम जत्तिकै छर्लङ्ग छ । पार्टीमा झोला बोके वापत नेताको कृपाबाट दिइने एउटा पद जुन क्षमता भन्दा पनि नेताको दयामा भर पर्ने परेको देखिएकै छ ।
अगुवाहरु नै भ्रष्ट
हामीले देखे भोगेको यथार्थ के हो भने जति पनि विभेद, अन्याय, अत्याचार विरुद्धको आन्दोलनका नेतृत्वकर्ता देखिए ती सबैले आफूलाई मात्र बनाए र आफ्नो समुदायलाई धोखा दिए । मधेश आन्दोलन होस, जनजाति या दलित सबैले आफ्नो पक्षमा भएका आन्दोलनका सहयात्रीहरूलाई सत्ता, पद र बार्गेनिङको माध्यम बनाए । म यहाँ कसैको नाम उल्लेख नगरु तर यसो विचार गर्नु त ? मधेश आन्दोलनको नाममा कति पटक सत्ताको लागि पार्टी फुटे ? कस्ता कस्ता हिंसामा जनधनको क्षति भयो । मुस्लिम समुदायलाई हजमा पठाउने देखि हज कमिटीका नेतृत्वकर्ताहरुको कस्ता कस्ता काण्ड भए र उनीहरूबाट कुन हदसम्म पदको दुरुपयोग भयो । गौर हत्याकाण्ड होस् या टीकापुर काण्ड, विगतको पिस्कर काण्ड कै निरन्तरता होइनन् र ? नेतृत्व गलत नियत र स्वार्थका कारण कति मानव हत्याका दुःखद त्रासदीहरु सहनु पर्ने हो थाहा छैन ।
अन्तमा हामी पटक पटक प्रयोग भयौँ । हाम्रो शिक्षा र अधिकारको माग गरेर भिडिरहने भन्दा सबैले आफ्नो कर्तव्य पालनामा ध्यान दिऊँ । केही भएन, गलतै गलत भयो भनिरहँदा गलत गर्नेहरूलाई चिन्न नसकेर पटक पटक अवसर दिने हामी नै हौ । तसर्थ कसैको बहकाउमा लागेर नेपाली नेपालीबीच द्वन्द्वको खेती गर्नेहरूबाट सचेत बनौँ । देश सबैको हो, सबै मिलेरै बनाउन सकिन्छ ।
तर एउटा कुरा अब प्रष्ट भइसक्यो अहिलेको सत्ता र प्रतिपक्षको गन्तव्यमा अलमल भएको मात्र होइन यिनीहरुकाे नियत नै ठीक छैन । सबैले एकपटक छातीमा हात राखेर सोचौँ, हामी हरेकले आफैंबाट परिवर्तनको सुरुवात गर्न सक्छौँ । त्यसको लागि नयाँ विकल्प खोजौँ । एउटा कुरा सबैले बुझ्नै पर्छ, नेपालमा बौद्ध, मुस्लिम, हिन्दु, शिख, जैन आदि सम्प्रदाय मिलेर बसेको सदियौं भयो ।
०४६ साल अघिको अनुदार भनिएको व्यवस्थामा पनि यहाँ क्रिश्चियन थिए, उनीहरूले आफ्ना गतिविधि गरेकै थिए तर बहुदल पश्चात् यो वा त्यो रुपमा क्रिश्चियनहरुको हमला बढ्दो छ । हामी सचेत बनौँ । कुन धर्म मान्ने या नमान्ने हरेक व्यक्तिको वैयक्तिक अधिकार हो, त्यसमा हस्तक्षेप नगरौँ । सबैको सम्मान गरौँ । धार्मिक रुपमा लडाई झगडा गरेर हिंसा फैलाउनु अपराध हो । यस्तो कुरा कसैबाट नहोस् ।
भुवनेश्वर अर्याल
लेखक अर्याल नेपाली राजनीतिलाई नजिकबाट नियाली रहेका एक व्यवसायी, समाजसेवी र राजनीतिकर्मी हुन् ।
लेखकबाट थपकृत्रिम बौद्धिकता 'एआई'को प्रयोगद्वारा जीवनको खोज
पुष १७, २०८१ बुधबार
नेता बन्न नदिनु र सिद्धान्तलाई छाडेर भाग्नु दुवै राजनीतिका बेइमानी हुन्
पुष १७, २०८१ बुधबार
बीपीको मेलमिलाप नीतिः सर्वकालीन सान्दर्भिकता
पुष १६, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार