भारतविरुद्ध नेपालको उत्कृष्ट ब्याटिङ प्रदर्शन, पानीले खेल रोकियो
नेपालबहस संवाददाता
भदौ १८, २०८० सोमबार १८:१३:३१
१८ भदाै, काठमाडाैं । नेपालले एसिया कपमा भारतविरुद्ध उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेपनि पानी परेपछि खेल रोकिन पुगेको छ । नेपालले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३७.५ ओभरमा ६ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको छ ।
पानी परेपछि कभर ढाकिएको छ । दुवै टोलीका खेलाडी पेभेलिएन फर्केका छन् । पानी पर्नु अघि दीपेन्द्रसिंह ऐरी २७ र सोमपाल कामी ११ रन बनाएर खेलिरहेका थिए।
ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गर्दै विश्व क्रिकेटको पावर हाउस भारतविरुद्ध नेपाललाई गतिलो शुरुवात दिलाएका थिए । तर भुर्तेल २५ बलमा ३८ रन जोड्दै आउट भएपछि भने नेपालका गति रोकियो र विकेट पनि गुमायो ।
तर अर्का ओपनर आसिफले अर्को एण्डबाट नेपालको इनिंग सम्हाले । आसिफ भारतविरुद्ध अर्धशतक बनाउने पहिलो खेलाडी बने । उनी ९७ बलमा ५८ रन बनाएर आाउट भए । यस्तै गुल्सन झा २३, भीम सार्की ७, रोहित पौडेल ५ र कुशल मल्ल २ रन बनाएर आउट भए । भुर्तेल र आसिफको साझेदारी तोडेका रवीन्द्र जडेजाले तीन विकेट लिए । मोहम्मद सिराजले २ विकेट लिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार