ललितानिवास जग्गा प्रकरण : सरकारी वकिलको बहस सकिएपछि आज ३ प्रतिवादीका वकिलले गरे बहस
नेपालबहस संवाददाता
भदौ १८, २०८० सोमबार १८:४१:१६
१८ भदौ, काठमाडौं । बालुवाटारस्थित सरकारी स्वामित्वको ललिता निवासभित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा ३ सयभन्दा बढीलाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा दर्ता भएको मुद्दामा सोमबार सरकारी वकिलको तर्फबाट बस सकिएको छ । आइतबार र सोमबार दुई दिन सरकारी वकिलहरुले बहस गरेका छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको इजलासमा आज जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीक्ता जनक प्रसाद घिमिरे, वासुदेव शर्मा, सहायक जिल्ला न्यायाधीवक्ता प्रकाश घिमिरे र प्रकाश ज्ञवालीले बहस गरे । हिजो आइतबार ४ जना सरकारी वकिलले बहस गरेका थिए ।
आजै प्रतिवादीशिवजी भट्टराई, रुद्र कुमार श्रेष्ठ र बालकृष्ण श्रेष्ठको तर्फबाट बहस गरेका छन् । भट्टराईको तर्फबाट अधिवक्ता प्रकाश आचार्य, गणेशमान प्रधान, भिमबहादुर गुरुङ र वरिष्ठ अधिवक्ता मुकुन्द शर्मा पौडेलले बहस गरेका भने रुद्रकुमार श्रेष्ठको तर्फबाट वरिष्ठ अधिवक्ता यदुनाथ खनाल र अधिवक्ता रुपक बहादुर बोगटीले बहस गरेका छन् ।
बालकृष्ण श्रेष्ठको तर्फबाट वरिष्ठ अधिवक्ता बाबुराजा जोशीले बहस गरेका छन् । हाल प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपर मार्केका संचालक मिनबहादुर गुरुङसहित १८ हिरासतमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
प्रसाईंको बयानः कम्बोडियामा ओलीको साढे ३२ अर्ब लगानी छ भनेर साथीले पठायो, मैले सार्वजनिक गरे
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार