क्रिकेटमा महारथ प्राप्त मुलुक भारतसँगको नेपालको प्रदर्शन तारिफ योग्य
नेपालबहस संवाददाता
भदौ १८, २०८० सोमबार १८:४२:३०
१८ भदौ, काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाले अवरुद्ध भएको छ ।श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले वर्षाले खेल अवरुद्ध हुन अघि ३७ ओभर ५ बल खेलेर ६ विकेटको खर्चमा १ सय ७८ रन बनाएको छ ।
उनले ८८ बलको सामना गर्दै ७ चौकाको सहयोगमा अर्ध शतक पूरा गरेका थिए । आसिफ ५८ रन बनाएर मोहम्मद सिराजको बलमा विराट कोहलीद्वारा क्याच भएर बाहिरिएका थिए । आफिप पछि नेपालका लागि सर्वाधिक ३८ रन कुशल भुर्तेलले बनाए । आसिफसँगै ओपनिङमा आएका भुर्तेलले २५ बल खेलेर २ छक्का र ३ चौकाको सहयोगमा उक्त रन बनाएका थिए ।
भीम सार्की ७ रन बनाएर बाहिरिदा कप्तान रोहित पौडेलले ५ रन मात्र बनाए । यस्तै कुशल मल्ल २ रनमा आउट हुँदा गुलशन झाले २३ रन बनाए । गुलशनले ३५ बल खेलेर ३ चौकको सहयोगमा उक्त रन बनाए ।
बर्षाले खेल विथोल्न अघि दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रन बनाएर मैदानमा छन् । ऐरीले २० बल खेलेर ३ चौका हानेका छन् भने २० बल खेलेर १ चौकाको सहयोग लिएका छन् । भारतीय बलरहरुमा रबीन्द्र जडेजाले ३, मोहम्मद सिराजले २ र शार्दुल ठाकुरले १ विकेट लिएका छन् ।
क्रिकेटमा महारथ प्राप्त मुलुक भारतसँग नेपालले एसिया कपको पहिलो भेटमा नै गरेको प्रदर्शनलाई धेरैले तारिफ गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार
रौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार
‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार
‘सामाजिक सञ्जालमार्फत शान्ति सुव्यवस्था खलल पुर्याउनेलाई कारबाही’
मंसिर १४, २०८१ शुक्रबार