गिरीबन्धु टी इस्टेट प्रकरणमाथि तत्काल छानबिन गर्न सांसद खतिवडाको माग
नेपालबहस संवाददाता
भदौ १८, २०८० सोमबार १८:५०:२६
८ भदौ, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता एवं संघीय सांसद रामहरि खतिवडाले झापाको गिरीबन्धु टी इस्टेट प्रकरणबारे तत्काल छानबिन गर्न सरकारसँग माग गरेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सो प्रकरणमा ठूलो भ्रष्टाचार भएको जिकिर गर्दै सरकारले तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिए ।
सरकारी स्वामित्वको गिरिबन्धु टी स्टेटको ३४२ बिगाह तत्कालीन एमाले नेतृत्वको सरकारले कानून संशोधन गरेर व्यक्तिको नाममा पुर्याएको भन्दै छानबिनको माग हुँदै आएको छ ।
काठमाडौंको बालुवाटारको सरकारी स्वामित्वको ललितानिवासको १४३ रोपनी जग्गा कीर्ते गरेर व्यक्तिको नाममा गराएको आरोपमा हाल भाटभटेकी सुपर मार्केटका मालिक मिनबहादुर गुरुङसहित ३ सय भन्दा बढी व्यक्तिहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।
साेही क्रममा सांसद खतिवडाले काठमाडौं महानगरका मेयर बालेन साहको सामाजिक संजालमा व्यक्त रुखो सन्देशप्रति लक्षित गर्दै जनप्रतिनिधिहरुलाई जथाभाबी नबोल्न समेत सचत गराए । जनताबाट जितेर आएका जोकोहीले सार्वजनिक अभिव्यक्ति दिँदा ख्याल गर्नुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार