कुशल, आसिफ र सोमपालको राम्रो ब्याटिङमा नेपालद्धारा भारतलाई २३१ रनकाले लक्ष्य
नेपालबहस संवाददाता
भदौ १८, २०८० सोमबार २०:१:४
१८ भदौ, काठमाडौं । कुशल भुर्तेल, आसिफ शेख र सोमपाल कामीको राम्रो ब्याटिङमा नेपालले एसिया कपमा विश्व क्रिकेटको पावर हाउस भारतलाई २ सय ३१ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४८।२ ओभरमा २ सय ३० रनमा अल आउट भयो ।
नेपालका लागि आसिफ शेखले ५८ रनको अर्धशतकीय पारी खेले । ९७ बल खलेका उनले ८ चौका प्रहार गरे । योसँगै आसिफ नेपालका लागि भारतकाविरुद्धमा अर्धशतक पूरा गर्ने पहिलो खेलाडी भएका छन् ।
यस्तै नेपालका लागि सोमपाल कामीले ४८ रनको योगदान गरे । सोमपालले ५६ बल खेल्दै १ चौका र २ छक्का प्रहार गरे । नेपालका लागि कुशल भुर्तेलले ३८ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले २९ रन जोडे ।
नेपालका गुलशन झाले २९ रन बनाउँदा भिम सार्कीले ७ रन बनाए । भारतका लागि मोहमद शिराज र रविन्द्र जडेजाले समान तीन तीन विकेट लिए ।
त्यस्तै मोहमद श्वामी र हार्दीक पाड्याले एक एक विकेट लिए । आजको खेलमा जित निकाल्दै नेपाल सेमिफाइनलमा स्थान बनाउने योजनामा छ । यता भारतको लक्ष्य पनि सोही हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार
रौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार
‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार
‘सामाजिक सञ्जालमार्फत शान्ति सुव्यवस्था खलल पुर्याउनेलाई कारबाही’
मंसिर १४, २०८१ शुक्रबार