दशैं अगाडि काठमाडाैं उपत्यकामा मेलम्चीको पानी वितरण नहुने
पहिराे अवस्था थाहा पाउन ड्रोनको प्रयोग, पानी पठाउने मुहानमा गेग्रनको थुप्रो
नेपालबहस संवाददाता
भदौ १९, २०८० मंगलबार ११:५१:५५
१९ भदौ, काठमाडौं । मेलम्चीको पानी काठमाडौं उपत्यकामा दशैं भन्दा अगाडि वितरण नहुने भएको छ । पछिल्लोपटक लगातार परिरहेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानमा रहेको मेलम्ची खानेपानी मुहानको हेडवर्क्स गेग्रानले पुरिएपछि पानी पठाउने काम हुन नसक्ने भएको हो ।
सुरुङमा पानी पठाउने मुख्य स्थान १ नम्बर गेट र पानी खोल्ने तथा बन्द गर्ने ९ नम्बर गेट बाहिर बाढीले ढुंगामाटो ल्याई थुपारेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।
वर्षात् र पहिरो जारी रहेका कारण अहिले मुहान क्षेत्रमा जानसक्ने अवस्था नरहेको जनाएको छ । वर्षात् रोकिएपछि मात्र मुहानसम्म जाने बाटो बन्ने र त्योबेलासम्म दशैं आइसक्ने आयोजनाको दाबी छ । मुहान क्षेत्रको अवस्था बुझ्न आइतबार ड्रोन प्रयोग गरिएको थियो । मनसुनका बेला मुहानमा हुन सक्ने बाढी-पहिरोबाट हुने संभावित क्षति राेक्न मेलम्चीको पानी गएको असार पहिलो सातादेखि पानी पठाउन बन्द गरिएको थियो ।
मेलम्चीको पानी उपत्यकामा पहिलोपटक २०७७ फागुन २२ मा सुन्दरीजलमा ल्याइ चैत १६ बाट वितरण गरिएको थियो । त्यसपछि हरेक वर्ष वर्खे झारी सुरुसँगै मुहान बन्द गर्दै आएको छ । झरी हटेपछि पुनः पठाइने गरिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
मंसिर १०, २०८१ सोमबार
मनकामना केबलकार सञ्चालनको २७औं वर्षमा प्रवेश
मंसिर ९, २०८१ आइतबार
नेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार