मुख्यमन्त्री थापाविरुद्धको रिटमाथि सर्वोच्चमा दोस्रो दिन सुनुवाइ सुरु
नेपालबहस संवाददाता
भदौ १९, २०८० मंगलबार १२:७:६
१९ भदौ, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ मा लिएको विश्वासको मत असंवैधानिक भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा दोस्रो दिनको सुनुवाइ सुरु भएको छ ।
न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा मंगलबार सुनुवाइ चलिरहेको छ । सोमबार सुनुवाइ सुरु गरिएको उक्त मुद्दामाथि बहस नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । रिट निवेदक एमालेका नेता एवं पुर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले मा मुख्यमन्त्री थापा, प्रदेश प्रमुख परशुराम खापुङ लगायतलाई विपक्षी बनाएका छन् ।
उनले थापा नेतृत्वको सरकार बदर गरी संविधानकाे धारा १६८ काे (३) बमाेजिम प्रदेशसभाका सबैभन्दा ठूलाे दल एमालेको तर्फबाट आफ्नो नेतृत्वमा सरकार गठन गर्ने परमादेश माग गरेका छन् । उनले रिट भदाै ६ मा दायर गराएका थिए ।
रिटमा थापाले विश्वासको मत लिँदा सभाध्यक्ष इस्राइल मन्सुरीले दिएको मत असंवैधानिक रहेको जिकिर गरिएको छ । तर विपक्षी थापाले सर्वोच्चमा पेश गरेको लिखित जवाफमा विश्वासको मत संवैधानिक तरिकाबाट लिइएको दाबी पेस गरेका छन् ।
सुनवाई आजै सकेर आजै आदेश आउने संभावना रहेको सर्वोच्च प्रशासन स्रोतले जनायो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
प्रसाईंको बयानः कम्बोडियामा ओलीको साढे ३२ अर्ब लगानी छ भनेर साथीले पठायो, मैले सार्वजनिक गरे
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार