क्यानडा पठाइदिने भन्दै अनलाइनमार्फत लाखाैं रूपैयाँ ठगी गरेकाे आरोपमा २ जना पक्राउ
नेपालबहस संवाददाता
भदौ १९, २०८० मंगलबार १२:५६:१७
१९ भदौ, काठमाडौं । क्यानडामा आकर्षक रोजगारीको प्रलोभन देखाएर विभिन्न व्यक्तिबाट ३४ लाख रुपैयाँ बढी रकम ठगी गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ का ३० वर्षीय लक्ष्मण नेपाली र सप्तरीको राजविराज नगरपालिका–४ का ३० वर्षीय महावीरप्रसाद साह रहेका रहेको प्रहरीले जनाएको छ । उनीहरुले सामाजिक सञ्जाल इन्टाग्रामको टाइमलाइन स्टोरीमा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारको लागि क्यानडा जान वर्कपरमिट भिसा पाइने भनी नक्कली विज्ञापन राखेर सम्पर्कमा आएका व्यक्तिहरुबाट लाखौं ठगी गरेको खुलेको छ ।
क्यानडामा क्यासियरमा काम लगाइदिने मासिक पाँच हजार सात सय क्यानडियन डलर (नेपाली रु ५ लाख ४५ हजार) तलब पाउने प्रलोभन देखाइएको थियो । त्यसनिम्ति प्रोसेसिङ गर्न आईएलटीएस सर्टिफिकेट, सीभी (बायोडाटा), राहदानी, शैक्षिक योग्यताको प्रमाणपत्रहरु पठाइदिन भनी पटकपटक ह्वाट्सएप च्याट गर्ने गरेको खुलेको छ ।
कागजात पठाएपछि हेल्थ इन्सोरेन्स, सेक्युरेटी डिपोजिट, एलोकेटेड फन्ड, भिसा भेरिफिकेसन डीएचएल मार्फत कागजातहरु पठाउन रकम तिर्नुपर्छ भनी पीडितलाई नेपालमा रहेका विभिन्न व्यक्तिहरुको नाममा खोलिएका बैंक खाताहरुमा पटकपटक रकम जम्मा गर्न लगाई सम्पर्कविहीन भएपछि पीडितहरु प्रहरीकहाँ पुगेका थिए । उजुरीपछि उनीहरूलाई साेमबार काठमाडाैंबाट पक्राउ गरिएकाे हाे । उनीले करिब एक वर्ष लगाएर रकम ठगी गरेकाे पाइएकाे छ ।
आरोपी २ जनाले हालसम्म विभिन्न व्यक्तिहरुबाट ३४ लाख ५७ हजार रुपैयाँ ठगी गरेको र थप विवरण खुल्ने क्रममा रहेको प्रहरीले जनाएको छ । दुवै जनालाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान र कारवाहीका लागि सोमबार नै जिल्ला प्रहरी परिसर भक्तपुरको जिम्मा लगाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार