प्रधानमन्त्रीको चीन भ्रमणको पुर्वसन्ध्यामा भारतको मन्त्रिपरिषदबाट १० हजार मेगावाट विद्युत किन्ने प्रस्ताव पारित
नेपालबहस संवाददाता
भदौ १९, २०८० मंगलबार १३:१२:१४
१९ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणको तयार गिरिरहेका बेला भारतले नेपालको हितमा महत्वपूर्ण निर्णय गरेको छ । भारतको मन्त्रिपरिषदको बैठकबाट आउँदो १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत खरिद गर्ने सम्झौता स्वीकृत गरिएको हो ।
भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले योसँगै नेपालबाट १० हजार मेगावाट विद्युत खरिद गर्ने प्रक्रिया खुला भएको बताएका छन् । आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्न भारतको मन्त्रिपरिषदको स्वीकृतिले नेपालमा विद्युत विकासको नयाँ मार्गचित्र निर्माण गर्ने बाटो खुलेको छ ।
नेपालले जेठ तेस्रो साता प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा समझदारीमा हस्ताक्षर गर्न चाहेको थियो । तर त्यतिखेर भारतले मन्त्रिपरिषदमा छलफल हुन नपाएको भनेर हस्ताक्षर गर्न मानेको थिएन । तैपनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले द्विपक्षीय वार्तापछि नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत किन्ने घोषणा गरेका थिए ।
यो घोषणा भारतले नेपालसँगको विद्युत व्यापारसम्बन्धी समझदारी पत्रलाई स्वीकृत गरेपछि पूर्णा भएको छ । प्रधानमन्त्री प्रचण्ड गत जेठमा भारत भ्रमणमा गएका बेला विद्युत व्यापारसम्बन्धी दुई पक्षीय सहमति भएको थियो । तर, भारतको मन्त्रिपरिषदले अनुमोदन गर्न बाँकी रहेकाले सम्झौताको रुप धारण गर्न सकेको थिएन ।
द्विपक्षीय वार्तापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मन्तव्यमा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत किन्ने घोषणा गरेका थिए । प्रधानमन्त्री तहको वार्तामै त्यसलाई छिट्टै मन्त्रिपरिषदबाट पारित गरिने प्रतिबद्धता भारतले जनाएको थियो । यो सम्झौतालाई लिएर प्रधानमन्त्री प्रचण्ड निकै आलोचित समेत भएका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अध्यक्ष केपी होलीले भारतबाट राँगा मात्र आएको बताएका थिए ।
नेपालले दीर्घकालीन विद्युत व्यापार गर्ने प्रस्ताव भारत समक्ष राख्दै आएको थियो । प्रशस्तै ‘नेगोसिएसन’ पछि प्रधानमन्त्री दाहालको भ्रमणका बेला त्यस विषयलाई भारतीय प्रधानमन्त्री मोदीको वक्तव्यमा राखिएको थियो । गतसाता भारतको मन्त्रिपरिषदले नेपालसँगको दीर्घकालीन विद्युत व्यापारको विषयलाई अनुमोदन गरेको हो ।
मंगलबार बिहान राजदूत शर्माले सामाजिक सञ्जाल ‘एक्स’ मा भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने निर्णय गरेको लेखेका छन् । उनले यसले नेपालको आर्थिक विकास र पुनर्संरचनामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
आज यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
मंसिर ११, २०८१ मंगलबार
आज काठमाडौं यी स्थानमा बिजुली काटिने
मंसिर ११, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर ११, २०८१ मंगलबार