राजनीतिक दलहरुको खाता सार्वजनिक लेखा समितिकाे निगरानीमा हुनुपर्ने सांसद भट्टराईको जिकिर
नेपालबहस संवाददाता
भदौ १९, २०८० मंगलबार १३:५४:५१
१९ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले राजनीतिक दलहरूको बैंक खाता लेखा समितिले निरागनी गर्नुपर्ने बताएका छन् ।
सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा एमाले सचिवसमेत रहेका भट्टराईले राजनीतिक दलहरू पारदर्शी र जवाफदेही बन्नुपर्नेमा जोड दिँदै दलको बैंक खाता समितिले चेक गर्न पाउनुपर्ने बताए ।
यसबाट राजनीतिक दलहरूको आर्थिक व्यवहार कसरी र कोबाट चलिरहेको छ भन्ने विषय संसदीय समितिको क्षेत्रधिकारभित्र रहने र आम्दानी र खर्चमा पारदर्शिता आउने बताए । पार्टी मन्त्री हुँदा हुने बक्यौतासम्बन्धी विवरण सम्बन्धित पार्टीलाइै लेखेर पठाउने विधिको सुरुवात गर्न पनि संसदीय समितिको पहुँचले सहजता प्रदान गर्ने उनको भनाइ थियो ।
साथै भट्टराई सरकार कतिपय सचिवले मन्त्रीको निर्देशन पालना नगरेको भन्दै जवाफदेहिता कायम गर्न आर्थिक सुशासनलाई मजबुत बनाउनुपर्नेमा जोड दिए । सचिव रहेका बेला मन्त्रीले भनेका राम्रा कुरा नमान्ने र बेरूजु राख्ने व्यक्ति अवकाल पाएपछि संवैधानिक नियुक्तिमा लैजाने परम्पराले आर्थिक सुशासन नआउने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार