प्रधानमन्त्रीले जातीय राज्य दिन्छु र बालेनले सिंहदरवारमा आगो लगाइदिन्छु भन्नु अराजकताका संकेत हुनः कोइराला
नेपालबहस संवाददाता
भदौ १९, २०८० मंगलबार १५:९:१२
१९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका भनाइले दशमा अराजकता निम्त्याएको बताएका छन् । कोइरालाले उनीहरूका पछिल्ला भनाइप्रति आपत्ति जनाउँदै निर्णयकर्ताहरुबाटै देशमा अराजकता फैलाउने काम हुन मुलुकका लागि दुर्भाग्य भएको बताएका छन् ।
पार्टी निकट कर्मचारीहरूको संगठन नेपाल निजामती कर्मचारी युनियनले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा नेता कोइरालाले जातीय पहिचानको राज्य बनाइदिने जस्ता अराजक किसिमले प्रधानमन्त्रीले बोल्नु गलत संकेत भएको बताए । उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई पार्टीले गम्भीरतापूर्वक लिनुपर्ने र यस विषयमा कांग्रेस सभापति बोल्नुपर्ने बताए ।
उनले देश अराजकतातिर बढ्दै गएको सन्देश काठमाडौंका मेयरले दिएको बताए । बालेनले जुन बोल्नुभयो, एउटा देशको सबैभन्दा ठूलो महानगरको मेयरले, त्यो अराजक किसिमले बोल्नु गलत भयो, उनले भने, “देशको प्रधानमन्त्रीले अराजक किसिमले हामीलाई भोट देउ, हामी जातीय पहिचानको राज्य बनाइदिन्छौँ भनेर भन्न मिल्दैन । यसरी देश चल्दैन । यो कुराहरूलाई गम्भीर रुपले पार्टीले पनि लिनुपर्छ, कर्मचारीहरूले पनि लिनुपर्छ ।’
नेता कोइरालाले प्रधानमन्त्री प्रचण्ड र काठमाडौंका मेयर शाहको अराजक खालको पछिल्लो अभिव्यक्तिबाट देश चल्न नसक्ने बताए । नेता कोइरालाले पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरूलाई बोलाएर पार्टीनिकट कर्मचारी संगठनको समस्या समाधानका लागि सचेत गराउन सभापति शेरबहादुर देउवालाई पनि सुझाव दिए । उनले संघीय निजामती सेवा ऐनमा पार्टीबाट सुझाव दिनका लागि सहमहामन्त्री जीवन परियारको नेतृत्वमा एउटा छुट्टै समिति बनाउन पनि सभापति देउवासँग आग्रह गरे ।
नेता कोइरालाले पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरूलाई बोलाएर पार्टी निकट कर्मचारी संगठनको समस्या समाधानका लागि सचेत गराउन पार्टी सभापति शेरबहादुर देउवालाई पनि सुझाव दिए । उनले संघीय निजामती सेवा ऐनमा पार्टीबाट सुझाव दिनका लागि सहमहामन्त्री जीवन परियारको नेतृत्वमा एउटा छुट्टै समिति बनाउन पनि सभापति देउवासँग आग्रह गरे ।
’नेपाली कांग्रेसको मन्त्रालयमा डेमोक्रेट्सहरू छैन भन्ने कुरा आएको छ । डेमोक्रेट्सहरूलाई पाखा लगाइएको भन्ने कुरा आइरहेको छ । यदि यो सत्य हो भने कर्मचारी युनियनमा काम गरिरहेका कर्मचारीको मनोबल कस्तो होला ?,’उनले भने,’ सभापतिज्यूले गम्भीर भएर छलफल गर्नुपर्छ ।’
कर्मचारीहरू अप्ठ्यारो परिस्थितिमा रहेको भन्दै नेता कोइरालाले सरकारले कर्मचारीहरूलाई खुसी राख्नुपर्ने बताए । कर्मचारी जुनसुकै आस्थाका भएपनि उनीहरू देशको स्थायी सरकार भएको उनले जिकिर गरे । नेता कोइरालाले सरकारले ल्याउँदै गरेको संघीय निजामति ऐनमा त्रुटी रहेको भन्दै यसबारे अध्ययन र छलफल गर्न पार्टी गम्भीर भएर लाग्नुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’
मंसिर १४, २०८१ शुक्रबार