हामी कि बिजुली बेच्दैनौं भन्नुपर्यो, नत्र भारतको कुरा मान्नुपर्ने हुन्छः सभापति देउवा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ १९, २०८० मंगलबार १५:२२:३
१९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल भारतसँग बिजुली बेच्न बाध्यकारी सर्तमा परेको बताएका छन् ।
मंगलवार काठमाडौंमा पार्टीनिकट नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्यसमितिले नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालसँग विद्युत किन्ने भनेको भारत मात्रै भएकाे बताए ।
उनले नेपालले कि विद्युत नै बेच्दिन भन्नुपर्ने, नत्र भारतले भनेका कुराहरुमा सहमति जनाएर अगाडि बढनुपर्ने बताए । भारत र चीन नेपालको असल छिमेकी रहेको र दुवैसँग बुद्धिमता तवरले सन्तुलन कायम राख्नुपर्ने बाध्यतामा नेपाल रहेको बताए । विकासका काममा ठूलो दुई छिमेकी देशलाई बुझाएर नेपालले अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ छ ।
सभापति देउवाले नेपालमा बिजुली उत्पादनको संभावना प्रचुर रहेको र त्यसलाई छिमेकीलाई बेचेर व्यापार घाटा कम गराउनु आजको मुख्य आवश्यकता रहेको बताए । ‘हामी कि बिजुली बेच्दै बेच्दैनौँ भन्नुपर्यो, नत्र उसको कुरा मान्नुपर्ने हुन्छ, त्यही कुरा हो । सबैले बुझ्नुपर्छ’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल विद्युत प्राधिकरणले सर्वसाधारणका लागि २० प्रतिशत शेयर जारी गर्ने
फागुन ६, २०८१ मंगलबार
‘रेटिङ’मा विद्युत् प्राधिकरणलाई लगातार तेस्रो पटक ‘डबल ए प्लस’
फागुन ४, २०८१ आइतबार
माङ्सेबुङमा दुई करोडका चार सिँचाइ आयोजना सुरु
फागुन ३, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
रिंकुकुमारी मृत्यु प्रकरणको अनुसन्धान गर्न मधेश सरकारले बनायो एसएसपीको नेतृत्वमा समिति
फागुन ६, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणः धरौटीमा रिहा भएका रवि लामिछाने तारेखका लागि धाइरहेका छन अदालत
फागुन ६, २०८१ मंगलबार
पहिलो तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि
फागुन ६, २०८१ मंगलबार
सन् २०३५ मा उत्सर्जन ६० प्रतिशतले घटाउने जापानको लक्ष्य
फागुन ६, २०८१ मंगलबार
स्कुल बस दुर्घटना बढेपछि विशेष जाँच अभियान थालियो
फागुन ६, २०८१ मंगलबार
प्रकृति लम्सालको शङ्कास्पद मृत्युको विषयमा माइतीघर मण्डलामा विरोध [ फोटो फिचर ]
फागुन ६, २०८१ मंगलबार