मानसरोवर बहुमुखी क्याम्पस जहाँ पढाउन टर्च बाल्नुपर्छ
नेपालबहस संवाददाता
भदौ १९, २०८० मंगलबार १५:३४:४४
१९ भदौ, काठमाडौं । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको मानसरोवर बहुमुखी क्याम्पसमा विद्यार्थीलाई पढाउन शिक्षकले टर्च बाल्नुपर्ने बाध्यता छ ।
विद्युत जडान गरिए पनि बिहानको समयमा लोडसेडिङ हुने हुँदा कक्षामा पढाई सञ्चालन गर्न मोबाइलको टर्च बाल्नु पर्ने अबस्था आइपरेको क्याम्पसका आंशिक प्राध्यापक शिवराज शर्माले बताए । हिल्दुम विद्युत् वितरण केन्द्रले लोड सेडिङ गर्दा बिहानी कक्षामा पढाउन समस्या भएको उनको भनाइ थियोे ।
बिहान ६ बजेदेखि पठनपाठन गर्नुपर्ने र त्यसबेला अँध्यारै हुने भएकाले मोबाइलको टर्च बालेर पढाउनु परेको छ । प्राध्यापक शर्माले भने, “यो समस्या विशेष गरी अभ्यास गर्दा हुने गरेको छ । आफूले कालोपाटीमा लेख्दा मोबाइलको टर्च बाल्नुपर्ने र विद्यार्थीले पनि कापीमा टिप्दा टर्च बाल्नुपर्छ । क्याम्पसमा चार वटा कक्षा यसरी नै चल्दै आएका छन् ।”
सामुदायिक क्याम्पस भएकाले स्रोत नहुँदा विद्युतको विकल्प खोज्न गर्न नसकिएको क्याम्पस प्रमुख प्रमुख दीपक भण्डारीको भनाइ थियो । उक्त वितरण केन्द्रलाई लोडसेडिङको समय तालिका हेरफेरका लागि अनुरोध गर्दा नसकिने जवाफ आएको उनले बताए । उक्त क्याम्पसमा हालै स्नातक तह पहिलो वर्षको पढाइ सुरु भएको छ ।
स्ववियुको निर्वाचन पछि उक्त क्याम्पसमा नियमित पठनपाठन भइरहे पनि अध्यारोका कारण निकै समस्या भएको विद्यार्थी अमर बोहराले गुनासो गर्नुभयो । शिक्षकलाई पनि पढाउन समस्या छ, हामीलाई पनि समस्या बनाएको उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार