ईच्छाकामनामा पर्यटन प्रवर्द्धन गर्न महोत्सव गरिने
सीमान्तकृत समुदायको भेषभूषा तथा संस्कृतिकाे प्रदर्शनी हुने
नेपालबहस संवाददाता
भदौ १९, २०८० मंगलबार १५:४४:५४
१९ भदौ, काठमाडौं । चितवनको ईच्छाकामनामा पर्यटन प्रवर्द्धन गर्न महोत्सवको आयोजना गरिने भएको छ । ईच्छाकामना–४ कुरिनटारमा यही भदौ २७ गतेदेखि असोज ७ गतेसम्म महोत्सव हुने भएको छ ।
पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिविधि चलायमान बनाउन ईच्छाकामना–४ को कार्यालय कुरिनटार र ईच्छाकामना उद्योग वाणिज्य सङ्घ मुग्लिनको आयोजना तथा ईच्छाकामना एफएम कुरिनटारको सह–आयोजनामा महोत्सव हुने भएको हो ।
जिल्लाको एक मात्र गाउँपालिका ईच्छाकामनाको पर्यटकीयस्थलको प्रवद्र्धन तथा आर्थिक गतिविधि चलायमान बनाउन महोत्सव आयोजना गरिएको महोत्सव मूलसमरोह समितिका संयोजक समेत रहनुभएका इच्छाकामना–४ का वडाध्यक्ष रुद्र उप्रेतीले बताए ।
“पछिल्लो समय यहाँका व्यवयसाय धरायसी अवस्थामा छन्, आर्थिक गतिविधि चलायमानसँगैँ यहाँको पर्यटन प्रवद्र्धनलाई टेवा पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरेका हौँ”, उनले भने । महोत्सवलाई सफल बनाउन विभिन्न उपसिमिति निर्माण गरी काम गरिँदैछ ।
गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले आर्थिक गतिविधिलाई चलायमान बनाउन महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए । साथै उनले यहाँ रहेको पर्यटकीय स्थलको प्रवद्र्धन, स्थानीय उत्पादनको प्रवर्द्धन र कला साहित्य संस्कृतिको उजगार तथा संरक्षण गर्न मद्दत पुग्ने बताए । महोत्सवबाट गाउँपालिकामा आउने कर बापतको सम्पूर्ण रकम विपन्न बालबालिकाको शिक्षामा खर्च गरिने उनले बताए ।
महोत्सवको मुख्य आकर्षणमा धार्मिक तथा पर्यटकीयस्थल ईच्छाकामना मन्दिर,जय बालगौरी पाथिभरा सिहंदेवी मन्दिर, मनकामना मन्दिर, सिराइचुली, उपर्दाङगढी, लामो झरनाको अवलोकनका लागि विशेष प्याकेजमा पदयात्रा, आदिवासी जनताजाति तथा सीमान्तकृत समुदायको भेषभूषा रहनसहन तथा संस्कृतिको प्रदर्शनी, औद्योगी प्रदर्शनी, घरेलु एंव कृषि प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि सुरु
जेठ ३, २०८१ बिहिबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार युएईबाट पक्राउ
जेठ ४, २०८१ शुक्रबार
भारतले अर्को चुनावी गर्मीको सामना गर्ने मौसम विभागको चेतावनी
जेठ ४, २०८१ शुक्रबार
भारतमा चट्याङ पर्दा १२ जनाको मृत्यु
जेठ ४, २०८१ शुक्रबार
५ महिनाको छोराको हत्या गर्ने आमा पक्राउ
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
ओशो पार्कमा पर्यटकको चहलपहल, व्यवसायी खुसी
जेठ ४, २०८१ शुक्रबार