पक्राउ परेका बाहेक सुन प्रकरणमा जोडिएका सयभन्दा बढी व्यक्तिसँग सीआईबीले लियो बयान
नेपालबहस संवाददाता
भदौ १९, २०८० मंगलबार १६:२५:२३
१९ भदौ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन तस्करी गर्ने गिरोहसँग सम्बन्ध देखिएको सय जनाभन्दा बढी व्यक्तिको बयान लिएको छ । स्रोतका अनुसार अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीसहित करिब एक सय जनासँग सीआईबीले बयान लिएर कागज गराउँदै फेरी हाजिर हुने सर्तमा छाडेको छ ।
सुन तस्करसँग साँठगाँठ देखिएको भन्दै महानिर्देशक अधिकारीलाई केही दिन अघि अध्यागमन विभागबाट गृह मन्त्रालयमा तानिएको थियो । उनीसहित विमानस्थल भन्सारका कर्मचारी र शङ्कास्पद अरूलाई सीआईबीले केही दिन यता बोलाएर सोधपुछ गरिरहेको स्रोतको भनाइ छ । यस क्रममा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पनि अनुसन्धानको दायरामा तानिएका छन् ।
उनलाई पनि सीआईबीले सोधपुछ गरी बोलाएका बेला उपस्थित हुने गरी कागज गराइएको छ । अध्यागमनका महानिर्देशक अधिकारी र पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेशको सुन तस्करीका मुख्य गिरोह दावा छिरिङसँग सिधा सम्पर्क रहेको समेत खुलेको छ । यो प्रकरणमा जोडिएका २७ जना हाल प्रहरी नियन्त्रणमा छन् ।
यो प्रकरणको अनुसन्धानका लागि सीआईबीले एसएसपी दिनेश आचार्यलाई हङकङ पठाएको छ । अरु केही प्रहरी अधिकृतहरू पनि थप प्रमाण जुटाउन भारत गएका छन् । सोमबारमात्र नेपाल–भारत सीमा क्षेत्रबाट सुन तस्करीका आरोपित सुमन खरेल पक्राउ परेका थिए ।
६० किलो सुन तस्करी प्रकरणमा सीआईबीको टोलीले भारतबाट सुमन खरेललाई नियन्त्रणमा लिएको हो । अनुसन्धानका लागि खरेललाई थुनामा राख्न अदालतबाट म्याद थपको प्रक्रिया अघि बढाइएको छ। चिनियाँ नागरिकले तस्करी गरेको सुन खरेलले नेपालमा व्यवस्थापनको काम गर्ने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको भनाइ छ ।
खरेल पक्राउसँगै केही नयाँ तथ्य खुल्ने सीआईबीको अपेक्षा छ । चिनियाँ र बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेलगत्तै उनी भारत भागेको खुलको छ । उनीसहित सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ । सीआईबीका अधिकारी हङकङ र भारतमा समेत पुगेर सुन तस्करीमा जोडिएका व्यक्तिबारे अनुसन्धान गर्दै छन् । भारत पुगेका सीआईबीका डीएसपी धर्मराज भण्डारीको नेतृत्वको टोलीले खरेललाई पक्राउ गरेर नेपाल पठाएको हो ।
गएको साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिएको ६० किलो सुन राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो । साउन २१ देखि सीआईबीले सो प्रकरणको अनुसन्धान गरिरहेको छ । संगठित तस्करी मुद्दामा अनुसन्धान गरिँदै छ । यसको अनुसन्धान गर्न सीआईबीसँग अब ११ दिन मात्र बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
मंसिर १०, २०८१ सोमबार
३ सय ५६ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ
कात्तिक २६, २०८१ सोमबार
५ केजी सुनसहित विमानस्थलबाट ३ जना विदेशी नागरिक पक्राउ
कात्तिक २१, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
एमालेको जागरणसभा स्थलमा रक्सीका बोलत असरल्ल थिए, फोहोर २ ट्रक भयोः वेस्ट मेनेजमेन्ट
मंसिर १२, २०८१ बुधबार
भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार