नेप्से सूचक ६.४५ अंकले घट्यो
नेपालबहस संवाददाता
भदौ १९, २०८० मंगलबार १६:३७:१७
१९ भदौ, काठमाडौं । शेयरबजारले मंगलबार पनि लगानीकर्तालाई उत्साहित बनाउन सकेन । मंगलबार नेप्से सूचक ६.४५ विन्दुले घटेर १९६१.३७ अंकमा अडिएको छ । २ कम्पनी सकारात्मक सर्किट लेबलमा लाग्दा ७९ करोड ६८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
बजार निकै सुस्त बनिरहेको छ । नेप्से सूचकका साथमा दैनिक कारोबार रकम पनि न्यून छ । खरिदकर्ता आकर्षित हुन नसक्दा कारोबार रकम निकै सुस्त भएको हो । लाभांशको सिजनमा बजार गतिहीन हुँदा लगानीकर्तमा थप अन्योलता उत्पन्न भएको छ ।
यस दिन २७७ कम्पनीको २४ लाख ८० हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । कारोबार रकममा हिमालयन एभरेष्ट इन्स्योरेन्स ७ करोड ५८ लाख रुपैयाँसहित अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः साल्ट ट्रेडिङ र आइएमई लाइफ इन्सुरेन्स परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
रवि लामिछानेलाई आज पनि अदालत लगिँदै, छुट्ने वा नछुट्ने आदेश आउन सक्ने
माघ २, २०८१ बुधबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २, २०८१ बुधबार
भूकम्प दिवसः पूर्वतयारीका लागि संकल्प जरुरी
माघ २, २०८१ बुधबार
प्रचण्ड सरकारबाट बाहिरिएपछि पहिलो पटक समाजवादी मोर्चाको बैठक बस्दै
माघ २, २०८१ बुधबार
चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
माघ २, २०८१ बुधबार
सुदूरपश्चिममा वर्षा हुन सक्ने, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात
माघ २, २०८१ बुधबार