देशका विभिन्न ठाउँबाट मंगलबार लागुऔषधसहित १४ जना पक्राउ
नेपालबहस संवाददाता
भदौ १९, २०८० मंगलबार १६:४१:१२
१९ भदौ, काठमाडौं । देशको विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१४ डेरा गरी बस्ने पाँचथर फालेलुङ गाउँपालिका–६ घर भएका ३५ वर्षीय जंग बहादुर राईलाई अवैध लागूऔषध खैरो हेरोईन १ सय ४२ ग्राम, नगद ९ लाख ५० हजार रूपैयाँ र डिजिटल तराजु १ थानसहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई आफ्नै कोठाबाट पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत भक्तपुरबाट लागूऔषध मुद्दामा म्याद थप अनुमतिलाई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
भक्तपुरको भक्तपुर नगरपालिका–१ दुधपाटी बस्ने ४९ वर्षीय शिद्धि राम सिल्पकारलाई अवैध लागूऔषध खैरो हेरोईन २१ ग्राम १० मिलिग्राम र डिजिटल तराजु १ थानसहित आइतबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत भक्तपुरबाट लागूऔषध मुद्दामा म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
मोरङको उर्लाबारी नगरपालिका–३ मङगलबारेबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ३ सय ९० मिलिग्रामसहित ४ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सुनसरी ईटहरी उपमहानगरपालिका–१९ तरहरा घर भएका २४ वर्षीय जीवन विश्वकर्मा, मोरङ पथरी शनिश्चरे नगरपालिका–१ बस्ने ४० वर्षीय सन्जय सहनी, २९ वर्षीय मिथुन मण्डल र २५ वर्षीय राम कुमार सहनी रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले जीवनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी खरिद बिक्रीमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
पर्साको वीरगंज महानगरापलिका–१५ नेशनल मेडिकल कलेज पछाडीबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम र सेतो हेरोईन जस्तो देखिने पदार्थ २ सय ४० ग्रामसहित सोही महानगरपालिका–१५ ब्रम्हचोक डेरा गरी बस्ने बारा कोल्बी नगरपालिका–५ घर भएका २५ वर्षीय तिर्थ नारायण चौधरी समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भिस्वागाउँबाट खटिएको प्रहरीले प्रदेश–०२–०२१ प ९७९५ र प्रदेश २–०३–०११ प ४९८९ नम्बरका मोटरसाइकल रोकी बसिरहेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित बगिर खोला नजिकैबाट अवैध लागूऔषध गाँजा ८ किलो ४ सय ६८ ग्रामसहित सोही उपमहानगरपालिका–२२ नयाँ बस्ती बस्ने २८ वर्षीया अन्जली थिङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले स्कुटर चालक थिङलाई ना.३३ प ५७४८ नम्बरको स्कुटरमा बोरामा राखी उक्त गाँजा लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
कैलालीको घोडाघोडी नगरपालिका–५ देउकलीयास्थित सडकबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ केजी ३ सय ग्रामसहित सोही नगरपालिका–१० बस्ने ४८ वर्षीय नर बहादुर घिमिरे समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय सुखडबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाइबर अपराधको आरोपमा एक महिला पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
गरगहना चोरीमा संलग्न रहेको अभियोगमा भक्तपुरबाट एक जना पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
करिब २२ किलो अवैध लागूऔषध चरेशसहित तीन जना पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
साइबर अपराधको आरोपमा एक महिला पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा कसलाई के तिर्न भनिएको छ ?
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा सहभागी भएर फर्किएका राष्ट्रपति पौडेल दोहामा
कात्तिक २९, २०८१ बिहिबार
३७ हिमाल आरोहण गर्न ७० देशबाट ८ सय ७० आरोही
कात्तिक २९, २०८१ बिहिबार
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा पुनर्लेखन गर्नुपर्छ: नेता कोइराला
कात्तिक २९, २०८१ बिहिबार
गढीमाई मेलाको तयारी चुस्त बनाइँदै
कात्तिक २९, २०८१ बिहिबार