ग्लोबल आइएमई बैंकले सुरु गर्यो क्यास तथा चेक डिपोजिटर मेसिन सञ्चालन
नेपालबहस संवाददाता
भदौ १९, २०८० मंगलबार १७:१:४०
१९ भदौ, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्नसक्ने सेवाको शुभारम्भ गरेको छ । सोमबार कमलादी शाखाबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त नयाँ सेवाको शुभारम्भ गरेका हुन् ।
ग्लोबल आइएमई बैंक लिमिटेडले नगद तथा चेक जम्मा गर्ने मेसिन सञ्चालनमा ल्याएको छ । अब आफ्नो अनुकूल समयमा क्यास तथा चेक डिपोजिटर मेसिनमार्फत ग्लोबल आइएमई बैंकमा रहेको खातामा नगद जम्मा गर्न सकिनेछ ।
बैंकले पाँच क्यास डिपोजिटर र पाँच चेक डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको हो । बैंकले काठमाडौं उपत्यकाभित्र कमलादी र न्युरोड तथा उपत्यकाबाहिर इटहरी, नारायणगढ र बुटवल शाखामा क्यास डिपोजिटर मेसिन सञ्चालनमा ल्याइएको जनाएको छ ।
यस्तै, काठमाडौं उपत्यकाभित्र कमलादी, न्युरोड र कुलेश्वर तथा उपत्यकाबाहिर पोखरा र वीरगन्ज शाखामा चेक डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको छ । कमलादी शाखामा आयोजित एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त मेसिनको शुभारम्भ गरे ।
बैंकले आफ्ना ग्राहकहरुलाई नविनतम सेवा सुविधा दिने उद्देश्यका साथ बैंकमा रहेको आफ्नो वा अन्य ग्राहकको खातामा नगद रकम जम्मा गर्न रकम तथा चेक र डिपोजिट मेसिन सञ्चालनमा ल्याएको हो । अब बैंकका ग्राहकहरूले बैंक कर्मचारीको सहयोग बिनै कुनै भौतिक फारम नभरी केवल खाता नम्बरको आधारमा मेसिनबाट सोझै नगद र चेक जम्मा गरी ग्राहकको खातामा तुरुन्तै रकम जम्मा हुने बैंकले बताएको छ ।
मेसिन जडानसँगै ग्लोबल आईएमई बैंकका ग्राहकलाई तत्काल सेवा दिने र बैंकमा हुने लाइन कम गर्न सहयोग पुग्नेछ । अध्यक्ष ढकालले ग्राहकहरुलाई डिजिटल रुपमा छिटो सेवा दिने कार्य अन्तर्गत मेसिनबाटै चेक र नगद जम्मा गर्ने कार्यको शुरुवात भएको बताए । उनले ग्लोबल आइएमई बैंक पुँजी, सेवा, टेक्नोलोजी, नेटवर्क र पहुँच लगायत हरेक हिसावले नम्बर एक बैंक बन्ने उद्देश्यका साथ गरिरहेको काममध्ये नगद तथा चेक जम्मा गर्ने मेसिन जडान भएको बताए ।
त्यस्तै, ग्लोबल बैंकका ट्रान्जेक्सन बैंकिङ प्रमुख प्रकाश पौडेलले विश्वको डिजिटल प्रविधि हेरेर नेपालमा पनि बैंकको सेवा बैंक भन्दा बाहिरबाट दिने उद्देश्यले नगद र चेक जम्मा गर्ने मेसिनको शुरुवात गरिएको बताए । उनले बैंकमा हुने चेकको कारोबारलाई ग्राहकमैत्री बनाउने हिसाबले बैंकमा उपस्थित नभई मेसिनबाट चेक जम्मा गर्ने प्रविधि ल्याएको बताए ।
पौडेलले मेसिनमा चेक जम्मा गर्ने आउने मानिसको अनलाइन भेरिफाइ गरेर जम्मा गर्ने बताए । उनले मेसिनबाट हुने कारोबार सबै डिजिटल रेकर्ड बस्ने भएको हुनाले भोलिको दिनमा तथ्यांक निकाल्न पनि सहज हुने बताए । उनले नगद जम्मा गर्ने मेसिनले नोट भेरीफाई गरेर मात्रै जम्मा गर्ने प्रविधि रहेको बताए । उनले ग्राहकहरुले मेसिनको माध्यमबाट ९५ हजारसम्म नगद जम्मा गर्नसक्ने बताए । पौडेलले मेसिनबाट ५०० र एक हजार रुपैयाँका नोट मात्रै नगद जम्मा गर्न सकिने बताए ।
ग्राहकहरुले खाता मौज्दात, खाताको जानकारी, मिनी स्टेटमेण्ट र स्टेटमेण्ट प्रिन्ट पनि मेसिनबाट प्राप्त गर्नसक्ने बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंकले ३४८ शाखा कार्यालय, ३६९ एटीएम, ३२२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
मंसिरका लागि वाणिज्य बैंकहरुको निक्षेप र व्यक्तिगत मुद्दतीमा दिने अधिकतम औसत ब्याजदर घट्यो
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
मस्क र रामास्वामीले मागे पारिश्रमिक विना काम गर्ने कर्मचारी
मंसिर १, २०८१ शनिबार
भद्रपुरमा राष्ट्रिय कर दिवस मनाइयो
मंसिर १, २०८१ शनिबार