नेपाली भलिबल खेलाडीलाई मासिक तालब निर्धारण
नेपालबहस संवाददाता
भदौ १९, २०८० मंगलबार १७:४९:९
१९ भदौ, काठमाडौं । राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीमा रहेका खेलाडीहरुले मासिक रुपमा पारिश्रमिक पाउने भएका छन् । नेपाली खेलकुदको इतिहासमा भलिबल खेलाडीले पहिलोपटक मासिक पारिश्रमिक पाउने भएका हुन् ।
राष्ट्रिय टोलीमा रहेका १२ पुरुष र १२ जना महिला खेलाडीलाई मासिक रुपमा जनही पाँच हजार रुपैयाँका दरले पारिश्रमिक प्रदान गर्न लागिएको जानकारी मंगलबार आयोजित कार्यक्रममा नेपाल भलिबल संघले दिएको हो ।
हाल अमेरिकामा रहेका भलिबका पूर्वखेलाडी, भलिबलप्रेमी र अन्य सहयोगीसँगको सहकार्यमा संघले खेलाडीलाई मासिक पारिश्रमिक उपलब्ध गराउन लागेको हो । यसका लागि हाल अमेरिकामा रहेका नेपाली भलिबल टोलीका पूर्वखेलाडी राम श्रेष्ठले समन्वय गरेको पनि संघले जनाएको छ ।
संघका अनुसार, अमेरिकामा रहेका सहयोगीहरुले भलिबल खेलाडीका लागि पठाएको तीन महिनाको पारिश्रमिक संघको खातामा आइसकेको छ । सोही अनुसार संघले खेलाडीलाई सेक्टेम्बर, अक्टोबर र नोबेम्बर महिनाको पारिश्रमिक एकमुष्ट उपलब्ध गराएको संघले जनायो ।
संघले आगामी दिनमा खेलाडीको सुविधामा थप वृद्धि गर्दै लैजाने योजना बनाएको पनि जनायो । भलिबल नेपालको राष्ट्रिय खेल पनि हो । हाल नेपालमा क्रिकेट र फुटबलका खेलाडीले मात्र मासिक रुपमा पारिश्रमिक पाउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुकुटेमा राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने
मंसिर ६, २०८१ बिहिबार
गुआर्डिओलाले म्यानचेस्टर सिटीमा सम्झौता नवीकरण गर्ने
मंसिर ६, २०८१ बिहिबार
आईजीपी रनिङ्ग कप पुरुष भलिबल प्रतियोगिता सुरू
कात्तिक ७, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार