गृहमन्त्रीले राजीनामा दिन नहुने दीक्षितको तर्क, बालेनको अभिव्यक्तिप्रति जनाए आपत्ति
मेयर बालेनको अभिव्यक्तिप्रति जनाए आपत्ति
नेपालबहस संवाददाता
भदौ १९, २०८० मंगलबार १८:६:४५
१९ भदौ, काठमाडौं । नागरिक अगुवा एवं राजनीति विश्लेषक डा.सुन्दरमणि दीक्षितले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि हालतमा पदबाट राजीनामा दिन नहुने धारणा राखेका छन् ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा डा. दीक्षितले सरकारले राम्रो काम गरिरहेको र त्यसमा गृहमन्त्री श्रेष्ठले नागरिक र सुशासनको पक्षमा सशक्त ढंगले काम गरिरहेको भन्दै राजीनामा दिन नहुने बताएका छन् । उनले सरकारले छानबिन थालेका भ्रष्टाचार काण्डको निष्पक्ष अनुसन्धान नहुने भएकाले तत्काल गृहमन्त्रीको राजीनामा माग्नु गलत रहेको बताए ।
‘गृहमन्त्रीलाई कुनै पनि हालतमा हटाउनुहुँदैन । उनलाई हटाएमा बालुवाटार जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु टी स्टेट र सुन तस्करी प्रकरण सबै बिथोलिने देखिन्छ’, दीक्षितले भने, ‘त्यसैले अहिले गृहमन्त्रीको राजीनामा माग्नुभन्दा अनुसन्धान गर्न सहयोग गर्नुपर्छ तर अहिलेसम्म भ्रष्टाचार काण्डको अनुसन्धान हेर्दा भने हात्ती आयो हात्ती आयो फुस्साजस्तै भइरहेको छ ।’ गिरीबन्धु टी स्टेट, यति हाेल्डिङ, वाइडबडी, ओम्नी प्रकरण छानबिन गर्न सरकारसँग माग गरे ।
विश्लेषक दीक्षितले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए । उनले बालेनले आफ्नो पदीयता मर्यादा कायम राख्दै संयमित हुनुपर्नेमा जोड दिए । दीक्षितले मेयर पदमा बसेर सरकारप्रति अराजक र उदण्ड शैलीमा टिप्पणी गर्न नहुने पनि बताए । उनले पद र जिम्मेवारीको गरिमा ख्याल गर्न सुझाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार