नाम मात्रका सरकारी अस्पतालः स्वास्थ्य मन्त्री भाषणमा पक्का, कार्यान्वयनमा कच्चा
कुसुम सेञ्चुरी
भदौ २०, २०८० बुधबार १२:२१:२०
२० भदाै, काठमाडाैं । के तपाई ललितपुर जिल्लामा बस्नुहुन्छ ? या ललितपुरसँगैका आसपासका जिल्लामा ? तपाईको घरदेखि पाटन अस्पताल कति टाढा पर्छ ? कहिले अनुमान गर्नु भएको छ ? यदि गर्नु भएको छ भने ठीक छ यदि गर्नु भएको छैन भने अब चाहि अनुमान गर्दै गर्नुस् ।
सरकारी हाेस कि निजी अस्पताल जहाँ सामान्य बिरामीदेखि सिकिस्तसम्मका बिरामी भेटिने गर्छन् । यस्तै दैनिक भीडभाड हुने अस्पताल हो, ललितपुरमा रहेको पाटन अस्पताल । पाटन अस्पताललाई धेरै जसोले नेपालको केन्द्रीय अस्पताल भन्ने गर्छन् । यो अस्पताल लगनखेलमा रहेको मानसिक अस्पतालको ठीक विपरीत पश्चिम दिशामा रहेको छ ।
पुरानाे मध्येकाे एक सरकारी याे अस्पतालमा ललितपुर आसपासदेखि कीर्तिपुरसम्मका बिरामी मात्र आउँदैनन् । देशैभरीका बिरामी यहाँ चेकजाँचका लागि आउने गरेका छन् । बिरामीलाई अस्पतालको अन्य सेवा भन्दा पनि यो अस्पतालको औषधिमा औधी विश्वास रहेको बताउँछन् । तीन चार दिन देखि ज्वरो आएपछि पाटन अस्पताल आएकी उर्मिला भट्ट सबै पक्ष झनझटिलो भएर उल्टो बिरामीलाई सास्ती हुँदै आएको बताइन् ।
यस्तै कीर्तिपुरबाट उपचारका लागि आएका सन्त बहादुर बस्नेत भन्छन्, न यहाँ टोकन सिस्टम छ न पालो समयमा आउँछ ? अर्को कुरा त आज टिकट काट्यो भोलि फेरि रिर्पोट देखाउन आउँदा अर्काे टिकट काट्नै पर्छ । अस्पताल आएर डाक्टरसँग भेट्न भन्दा नि लाइनमै बसेर दिन जान्छ ? बिरामीलाई सहज हुनुपर्ने ठाउँमा उल्टै सास्तीको सास्ती छ । हाम्रा कुरा कसले सुन्ने ? स्वास्थ्य मन्त्री माेहन बहादुर बस्नेत निजी अस्पतालमा अनुगमन गर्नु भा'को टिभीमा देखाउँछ । खासमा अनुगमन गर्नुपर्ने ठाउँमा गर्नु हुन्न ? बिरामीका गुनासा धेरै यस्तै छन । तर अस्पताल प्रशासन र स्वास्थ्य मन्त्रालय भने सरकारी अस्पतालकाे यस्ताे हालत प्रति अनदेखा गरिरहेका छन् । यसको जिम्मेवारी को हुने ? कसले लिने ?
पछिल्लो समय केही अस्पतालमा स्वास्थ्य मन्त्री बस्नेतबाट छड्के अनुगमन पनि नभएका होइन, तर मन्त्रीले गरेका सबै अस्पतालमा मन्त्रीले भनेको जस्तै केही पनि छैनन् सेवा सुविधा । स्वास्थ्य मन्त्री भाषणमा पक्का, कार्यान्वयनमा कच्चा जस्तै देखिएका छन् । बिरामी भन्छन्, जुन सरकार आए पनि, जुन मन्त्री आए पनि हामीलाई तातो न छारो...हामीलाई हिजो नि यस्तै थियो, आज पनि अस्पताल आउँदा यस्तै छ ।
जनताको बाँच्ने अधिकार सुनिश्चित हुनुपर्दछ । जनता देश विकासका मेरुदण्ड हुन् । अहिलेको हावापानी, खानपिनको प्रत्यक्ष असर हाम्रो स्वास्थ्यलाई परिरहेको छ । जसले गर्दा दिनदिनै दीर्घकालीन रोगीहरुको संख्या वृद्धि भइरहेको छ । आर्थिक अवस्था कमजोर भएकाले उपचार नपाएर कहिले मरिएला भनी दिन कुरेर बसेका सर्वसाधारण पनि नभएका भने होइनन् । तर स्वास्थ्य मन्त्री भन्छन्, अब अकालमै कसैले ज्यान गुमाउनु पर्दैन । तर बोलीमा काम भएजस्ताे हुने व्यवहारमा केही नहुने कहिलेसम्म हुन्छ सरकार ?
स्वास्थ्य सेवा हरेक सर्वसाधारणले विना शुल्क प्रयोग गर्न पाउनुपर्दछ । देशभरीका सरकारी स्वास्थ्य संस्थाबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्न र उपचार तथा सेवामा एकरूपता ल्याउन आधारभूत स्वास्थ्य सेवाको उपचार प्रोटोकल ल्याए पनि यो सरकारको निर्णयमै सीमित छ ।
आधारभूत स्वास्थ्य सेवामा आधारित स्तरीय उपचार पद्दति (स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकल) अनुसार अब आधारभूत अस्पताल-प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र-स्वास्थ्य चौकीबाट विभिन्न ९८ प्रकारका औषधिहरु निःशुल्क पाइन्छ तर संघीय राजधानी रहेको काठमाडौंकै आसपासको ललितपुरको पाटन अस्पतालमा सामान्य बिरामीले औषधिको पैसा तिर्नुपर्छ । आधारभूत स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीमा ९८ थरीका औषधिमध्ये केही औषधि नपाएपनि आधारभूत अस्पताल-प्राथमिक स्वास्थ्य केन्द्रमा भने सरकारले तोकेका सबै ९८ थरीका औषधि निःशुल्क पाइन्छ भनेर सरकारले फलाक्दै आएको छ ।
ललितपुरको धापासीबाट उपचारका लागि आएकी सुशीला लामा भन्छिन्, भोट माग्न आउने बेलामा हामीलाई भोट दिनुस्, हाम्रो पार्टीले जित्यो भने हामी सबैलाई शिक्षा र स्वास्थ्यको निःशुल्क व्यवस्था गर्छौं भनेर भोट त लिएर जान्छन् तर जनताले कहिल्यै पनि निःशुल्क रुपमा केही पनि पाएका छैनन् । भन्दा मात्र सरकारी अस्पताल भनेर बोर्डमा टाँस्छन् तर अन्य औषधि र टेस्टहरूबाट त्यसको पनि शुल्क उठाएका छन् ।
सरकारी अस्पतालमा बिरामीहरू उपचारको निमित्त गयो भने सरकारका स्वास्थ्यकर्मीहरूको व्यवहार देख्दा कहिले अस्पताल जान नपरोस् भन्ने ख्याल मनमा आइहाल्छ । पाटन अस्पतालमा उपचारका लागि आउने बिरामीहरूलाई त्यहाँका स्वास्थ्यकर्मीले केही नभएका सुकुम्बासीको जस्तो दर्जा दिने गरेका छन् । तिनीहरूको गए गुज्रिएको बोलीचाली र व्यवहार देख्दा बिरामीको पारो तातेर आउँछ, बिरामी सन्त बहादुर बस्नेतले भने ।
संविधानमा उल्लेख भए अनुसार प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन सरकारले नयाँ प्रोटोकल बनाएको हो। उक्त प्रोटोकलमा जनस्वास्थ्य सेवा नियमावली २०७७ अनुसार आधारभूत स्वास्थ्य सेवा अन्तर्गत प्रदान गरिने ९ वटा सेवा क्षेत्रहरूको सूची तयार गरिएको छ भने निःशुल्क उपलब्ध हुने औषधिको सूची समेत छ। यसका साथै प्रोटोकलमा आधारभूत अस्पताल र केन्द्रमा हुनुपर्ने सर्जिकल सामग्रीको सूची पनि छ । यति हुँदा पनि पाटन अस्पतालले भने हरेक बिरामीबाट अनावश्यक रुपमा मनग्य पैसा उठाइरहेको छ ।
सरकारले यो प्रोटोकल जारी हुनुभन्दा अघि पनि स्वास्थ्य संस्थाहरूमा ७० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउँदै आइरहेको बताएको थियो । त्यसअघिको नियम अनुसार स्वास्थ्य चौकीबाट ३५, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ र जिल्ला अस्पतालबाट ७० प्रकारका औषधि निःशुल्क पाइँदै आएको थियो । अब नयाँ प्रोटोकल अनुसार ९८ प्रकारका औषधिहरु स्वास्थ्य संस्थामा चौबिसै घण्टा उपलब्ध हुनुपर्ने छ । नभएमा जनस्वास्थ्य सेवा ऐन र नियमावली अनुसार स्वास्थ्य संस्थालाई कारबाही हुने व्यवस्था छ । तर खै त कारबाही ? स्वास्थ्य मन्त्री औषधि पसल मात्र अनुगमन गर्ने कि अस्पताल पनि ?
'जति खर्च लागे पनि बिरामीसँग अस्पतालका कर्मचारीहरूकाे सरोकारको कुरा होइन । राज्यले तलब दिएकै होला । जनताले पनि हरेक टेस्ट गरे बापत उपचार शुल्क तिरेकै छन् । तर बिरामीको उपचार गर्ने ढंग छैन । बिरामीलाई भेडा बाख्रा जस्ताे घण्टाै लाइनमा बसालेर चरम लापरबाही गरेका छन् । यता पनि सुई खोपेका छन्, उता पनि सुई खोपेका छन् ।" लाइनमा पाँच घण्टा बस्दा पनि पालाे नआएपछि एक बिरामी कुर्लदै थिए ।
सरकारी अस्पतालको हालत हेर्ने हो भने त्यहाँ गएपछि निःरोगी मान्छे पनि रोगी हुन्छन् । सरकारी अस्पताल र जनस्वास्थ्य कार्यालयहरूलाई कसैले पनि सुधार्न सकेकाे देखिएन् । यिनीहरुले बिरामीको उपचार गर्ने नाममा बिरामीको स्वास्थ्यसँग चरम खेलबाड गरेका छन् । अस्पतालको यस्तै लापरबाहीले गर्दा सरकारी अस्पतालमा हत्तपत्त सम्पत्तिवाल पुँजीपति वर्गहरु जाँदैनन् । जाने भनेको सर्वसाधारण नागरिक र गरिबीको चपेटामा परेकाहरू मात्र हुन् ।
।
जबसम्म सरकारी कर्मचारीलाई सरकारले ठाउँमा ल्याउन सक्दैन तबसम्म देश विकास सम्भव छैन । किन कि सरकारी कर्मचारीहरूले नै देश विकास गर्ने बाटो छेकिरहेका छन् । नेपाल सरकारले विभिन्न रोग लागेका बिरामीलाई निःशुल्क औषधिको व्यवस्था गरेको छ । तर सरकारबाट निःशुल्क आएका औषधिहरु पनि सरकारी अस्पतालका कर्मचारीहरूले बिक्री वितरण गरिरहेका छन् । सरकारले अस्पताललाई औषधि दिने, अस्पतालले मेडिकललाई बेच्ने गरेका छन् । विदेशीहरुले सहयोग बापत दिएका मेडिकल टुल्सहरु पनि त्यत्तिकै कबाडी बनेर बसेका छन् । नेपाल सरकार र विदेशीहरुले सहयोग गरेका सामानहरू बिरामीले प्रयोग गर्न पाएका छैनन् ।
यी हुन् निःशुल्क पाइने ९८ औषधी
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपधौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
गेटा अस्पतालको स्तरोन्नति गर्ने सरकारको सोच छ : स्वास्थ्य मन्त्री पौडेल
पुष २३, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
१८ अंकले घट्यो नेप्से, सात अर्बभन्दा बढीको कारोबार
पुष २५, २०८१ बिहिबार
तिब्बतमा भूकम्पपछि एकहजार २११ परकम्पन
पुष २५, २०८१ बिहिबार
सन् २०२४ मा चार हजारभन्दा बढी विदेशीले उपल्लो मुस्ताङ भ्रमण गरे
पुष २५, २०८१ बिहिबार
रविको मुद्दाको आदेश आउने भएपछि कास्की जिल्ला परिसरमा सुरक्षा ब्यवस्था कडा
पुष २५, २०८१ बिहिबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार