अमेरिकी राष्ट्रपति बाइडेन भोली भारत आउँदै
नेपालबहस संवाददाता
भदौ २०, २०८० बुधबार ९:१९:१७
२० भदौ, नयाँदिल्ली। अमेरिकी राष्ट्रपति जो बाइडेन भोली भारत आउँदैछन । जी–२० शिखर सम्मेलनमा सहभागी हुनका लागि अमेरिकन राष्ट्रपति वाइडेन भोली बिहीबार भारत आउन लागेका हुन ।
अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार 'एनएसए' जेक सुलिभानले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनले भारत भ्रमणका क्रममा राष्ट्रपति बाइडेनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन भने राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेटवार्ता गर्नेछन ।
भारत आउने अन्तिम तयारीमा रहेका राष्ट्रपति वाइडेनको कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ आएको जनाईएको छ । अमेरिकाकी प्रथम महिला ७२ वर्षीय जिल बाइडेनलाई सोमबार कोभिड पोजिटिभ भेटिए पछि ८० वर्षीय बाइडेनको सोमबार र मंगलबार परीक्षण गरिएको थियो । र उनको रिपोर्ट नेगेटिभ आएको थियो ।
जेक सुलिभानले भने कि बिहीबार राष्ट्रपति बिडेन जी २० शिखर सम्मेलनमा भाग लिन नयाँ दिल्ली जानेछन्। शुक्रबार उनी प्रधानमन्त्री मोदीसँग द्विपक्षीय बैठकमा सहभागी हुनेछन् भने शनिबार र आइतबार जी–२० शिखर सम्मेलनको आधिकारिक सत्रमा सहभागी हुनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार
जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबीच समसामयिक विषयमा छलफल हुने
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार