सुनसरीका किसानसँग कोइराला परिवारको गहिरो सम्बन्ध
यज्ञप्रसाद भट्टराई
भदौ २०, २०८० बुधबार १०:५९:१३
२० भदौ, काठमाडौं । कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा नेपाल किसान महासंघले आफ्नो संगठन बिस्तारको कामलाई तीव्रता दिइरहेको नेपाल किसान महासंघका केन्द्रीय सदस्य केशव भट्टराईले नेपालबहस डटकमलाई बताएका छन् ।
संगठन विस्तारको क्रमसँगै किसान नेताहरू किसानका घरदैलोमा पुगि किसानहरूका समस्याहरू र अप्ठ्याराहरूमा सहयोगी समेत बन्दै गएको र यसले किसानहरूमा थप उर्जा र उत्साह थपिनुका साथै नेपाली कांग्रेसको संगठन बिस्तारमा समेत सहयोगी बनिरहेको किसान नेता केशव भट्टराई बताउँछन् ।
यसैको निरन्तरताका रुपमा आज मिति २०८० साल भाद्र १९ गते नेपाल किसान महासंघ सुनसरी जिल्ला निर्वाचन निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा २ का सभापति बिद्यानन्द मेहेताको अध्यक्षतामा बसेको नेपाल किसान महासंघको बैठकले देवानगन्ज गाउँपालिका नेपाल किसान महासंघको देवानगन्ज गाउ तदर्थ कार्य समिति सर्वसम्मतीले निर्णय गरि गठन गरिएको नेपाल किसान महासंघका सुनसरी जिल्ला अध्यक्ष रामबृक्ष मेहताले बताए ।
कांग्रेस भनेकै किसान हो, किसान र कृषिको सर्वाङ्गिण विकास बिना देशको विकास नहुने जिल्ला अध्यक्ष मेहताको भनाई थियो । सुनसरी कांग्रेसमा कोइराला परिवारको रगत र पसिना दुबैले सिञ्चित भूमि भएको स्मरण गर्दै महासंघका केन्द्रीय सदस्य केशव भट्टराईले किसानसँग कोइराला परिवारको गहिरो सम्बन्ध रहेको बताएका थिए ।
बैठकमा किसान माहासंघका सुनसरी जिल्ला अध्यक्ष रामबृक्छ मेहेता, नेपाली कांग्रेसका देवानगञ्ज गाउँ समितिका सभापति जगधर यादव, गाउँ पालिका उपाध्यक्ष बिभा कुमारी यादव लगायत पार्टी नेता तथा स्थानीय किसान अगुवाहरु, नेपाल किसान महासंघका नेताहरूको उपस्थितिमा समितिको गठन गरि प्रमाणपत्र वितरण समेत गरिएको थियो ।
नेपाल किसान महासंघ देवानगञ्ज गाउँ समितिमा मनोनीत भएका पदाधिकारी तथा सदस्यहरूमा क्रमशः उप-सभापतिमा शिवधर यादव, सचिवमा बलदेव मेहता, कोषाध्यक्षमा सीता मेहता, सदस्यहरुमा सकलदेव यादव, तिलकराम मेहता, आशा मेहता, सञ्जिता मेहता, नयिम मन्सुरी, हरिनन्द पाल र दधिराम चौधरी रहेको महासंघका कोशी प्रदेश समिति सदस्य श्रीप्रसाद तिवारीले बताएका छन् ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
जनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
मंसिर १, २०८१ शनिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
विभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार