बैतडीमा अवैध औषधी पसल शील, मेडिकल सञ्चालक पक्राउ
नेपालबहस संवाददाता
भदौ २०, २०८० बुधबार ११:५२:३८
♦ नरेन्द्र बिष्ट
२० भदौ, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिकाको सिल्लेगाडा,खोचलेक,बाशाली र पन्ज्युनयाँ बजारमा सञ्चालित तीन वटा औषधी पसल तथा क्लिनिकले मापदण्ड पूरा नगरेको पाइएपछि बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बैतडी र स्वास्थ्य कार्यालय बैतडीको संयुक्त टोलीले मंगलबार गरेको अनुगमनका क्रममा अवैध रुपमा औषधी पसल सञ्चालन गरिएको पाइएपछि पसल शील गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।
औषधी बिक्रीवितरण तथा स्वास्थ्य सेवा सञ्चालन सम्बन्धमा बनेका ऐन नियमहरूको पालना नगरी खोलिएकाले तीन वटा औषधी पसल तथा क्लिनिक बन्द गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
गाउँपालिकाको वडा न ६ पञ्ज्युनयाँमा रहेको कबीर मेडिकल हल, खोचलेकमा रहेको रणशैनी फार्मेसी एण्ड चन्द क्लिनिक र सिल्लेगडामा रहेको जोशी क्लिनिक शील गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले बताए ।
पञ्ज्युनयाँमा रहेको कबीर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीलाई पक्राउ गरिएको छ । स्वास्थ्य विषय नपढेका व्यक्तिले क्लिनिक सञ्चालन गरेकोले कार्कीलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए ।
मेडिकलहरुले चिकित्सकको प्रेसक्रिप्सन बिना औषधि बिक्री गर्ने गरेको,आवश्यक शैक्षिक योग्यता नभएका व्यक्तिहरूले मेडिकल सञ्चालन गरेको, सम्बन्धित निकायमा दर्ता प्रक्रियासमेत पूरा नगरेको पाइएकाले मेडिकलहरु शि गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले बताए।
‘औषधी पसल सञ्चालनका लागि फार्मेसी पढेको वा औषधी व्यवस्था विभागबाट व्यावसायिक तालिम गरेको व्यक्ति हुनुपर्छ । दर्ता गर्ने, प्रतिबन्धित औषधी बिक्री नगर्ने लगायत अन्य नियमहरूको पनि पालना गर्नुपर्छ । तर दोगडाकेदारमा त्यस्तो पाइएन,’ उनले भने, ३ वटा पसल खोल्नमा रोक लगाएका छौं, पसल खोले नखोलेको निगरानी गर्न प्रहरीलाई भनिएको छ,प्रजीअ पन्थीले भने।’औषधिको व्यापारबाट राम्रो आम्दानी हुने भएपछि धमाधम अवैध रुपमा औषधि पसल खुल्ने क्रम बढ्न थालेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल
मंसिर ४, २०८१ मंगलबार
प्रतिजैविक औषधिका कारण २०३० सम्ममा ३४ अर्ब अमेरिकी डलर आर्थिक भार थपिने
मंसिर ३, २०८१ सोमबार
माघ २३ गतेदेखि पाठेघरको क्यान्सरविरुद्ध १७ लाख किशोरीलाई निःशुल्क खोप लगाइने
कात्तिक २९, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई बयानका लागि शनिबार काठमाडौं ल्याइने
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबार स्क्वायर परिसरमा विदेशी पर्यटकको घुइँचो
मंसिर ८, २०८१ शनिबार
‘ङत भुलु’ अर्थात् स्वेतकाली अजिमा बाह्रवर्षे जात्रा
मंसिर ८, २०८१ शनिबार
दुर्गा प्रसाईंको गाडीकोे ठक्करबाट घाइते मेहताको मृत्यु
मंसिर ८, २०८१ शनिबार
प्रधानमन्त्रीले भने, बुबा विरामी हुनुहन्छ
मंसिर ८, २०८१ शनिबार