तस्करी सुन र बालुवाटार जग्गा प्रकरणमा मुछिएकालाई अतिरिक्तमा राखेर ५८ जना सहसचिवको सरुवा
नेपालबहस संवाददाता
भदौ २०, २०८० बुधबार १२:१५:१४
२० भदौ, काठमाडौं । सरकारले ललितानिवास जग्गा हिामिना र तस्करी सुन प्रकरणको अनुसन्धानमा जोडिएकाहरुलाई अतिरिक्त समूहमा रााखेर ५८ जना सहसचिवको सरुवा गरेको छ । अध्यागमन विभागमा महानिर्देशक झलकराम अधिकारीसहित प्रकरणसँग जोडिएकालाई अतिरिक्तमा राखेर दुइ दिन अघि सहसचिहरुको सरुवा भएको हो । उनीहरुलाई संघ, प्रदेश र स्थानीय तहमा पदस्थपन गरिएको छ ।
काठमाडौं मालपोत कार्यालयमा रहकाबेला ललिता निवास जग्गामा मुछिएका सुशील वैद्यलाई संघीय मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ । दाङमा प्रमुख जिल्ला अधिकारी रहेकाबेला जग्गा काण्डमा छानबिन हुन थालेपछि उनलाई गृह मन्त्रालय तानिएको थियो । तर, सुन बरामद भएकाबेला बिदामा रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेललाई भने सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रालयमा पठाइएको छ ।
यसअघि उनको अर्थ मन्त्रालयमा सरुवा भएको थियो । सुन काण्डमै मुछिएका अध्यागमन विभागमा महानिर्देशक झलकराम अधिकारीलाई संघीय मामिला मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ । उनलाई सुन काण्डका मुख्य व्यक्तिको रुपमा चिनिएका दावा छिरिङसँग सिधा सम्पर्क रहेको भन्दै सीआइबीले बयान लिइरहेको छ । उनलाई राजस्व अनुसन्धान विभागको महानिर्देशक भएकाबेला चोरीपैठारी रोक्न असफल भएको आरोपमा गत कात्तिकमा प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अधिकारीलाई उनलाई केही दिन आफ्नो कार्यालयमा राखेर गृह मन्त्रालय पठाएका थिए । गृह पठाए लगत्तै अध्यागमनको महानिर्देशक बनाइएको थियो । कर, राजस्व र अध्यागमनमा रहँदा उनले सुन तस्करसँग सम्बन्ध बढाएको सीआइबीको दाबी छ । यस्तै गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमा सचिव रहेको तुलसीराम भट्टराईलाई संघीय मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ ।
बलाराम रिजाललाई गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयको सचिवमा पठाइएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा रजिष्ट्रार पदमा डेढ वर्षभन्दा बढी समय बसेका महेश बराललाई योजना आयोगमा सरुवा गरिएको छ । लोकसेवा आयोगका प्रवक्ता तोयनारायण सुवेदीलाई ऊर्जा, सिंचाई तथा जलस्रोत मन्त्रालयअन्तर्गत सरुवा गरिएको छ । त्यस्तै लोकसेवा आयोगमा रहेका प्रदीप कोइरालालाई वन तथा वातावरण मन्त्रालय सरुवा गरिएको छ ।
वाग्मती पदेशको आर्थिक मामिला मन्त्रालयका सचिव महेश आचार्यलाई अर्थ मन्त्रालय सरुवा गरिएको छ । गृहका शिवराम न्यौपानेलाई लोकसेवा आयोग पठाइएको छ । योजना आयोगका प्रकाश दाहाललाई बाग्मतीको आर्थिक मामिला मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । वाग्मती प्रदेश मुख्यमन्त्रीको कार्यालयमा रहेको शिवराम गेलाललाई गृह मन्त्रालय सरुवा गरिएको छ । वाग्मती प्रदेश प्रमुखको कार्यालयमा रहेका ओमबहादुर खड्कालाई नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ ।
संघीय मन्त्रालयमा सरुवा र पदस्थापनको भूमिकामा रहेका हेमराज तामाङलाई संस्कृति तथा पर्यटन मन्त्रालयअन्तर्गत सरुवा गरिएको छ । तत्कालिन संघीय मन्त्री अमनलाल मोदीले तामाङलाई उक्त जिम्मेवारी दिएका थिए । संघीय मन्त्रालयमा राष्ट्रिय योजना आयोगबाट सुमन दाहाललाई लगिएको छ । सुदूरपश्चिम प्रदेश आर्थिक मामिला मन्त्रालयका सचिव नारायणप्रसाद रेग्मीलाई संघीय मामिला मन्त्रालय सरुवा गरिएको छ ।
सहरी विकास मन्त्रालय अन्तर्गत रहेका रवीन्द्र बोहरालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ । साही मन्त्रालयका प्रदीप परियारलाई योजना आयोग सरुवा गरिएको छ । भन्सार विभागको महानिर्देशकसमेत भइसकेको दाहाललाई महत्वपूर्ण महाशाखा जिम्मा लगाउने तयारी स्वरुप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
विद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
पत्रकारको भेषमा अपहरण गरी दुई लाख फिरौती माग्ने बीरगञ्ज टाइम्सका हरिशंकर प्रहरी फन्दामा
मंसिर १०, २०८१ सोमबार
निःशुल्क विशेषज्ञ डाक्टरको सेवा पाउँदा दुर्गमका नागरिक खुसी
मंसिर १०, २०८१ सोमबार
लिथुआनियामा विमान दुर्घटना हुँदा एक जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
सन् २०२३ को अक्टोबर देखि एघार हजार भन्दा बढी प्यालेस्टिनी हिरासतमा
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार